ईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र ललितपुर भिड्दै

काठमाडौँ — विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्ससँग खेल्दै टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि अभियान सुरु गर्ने भएको छ । ईपीएल आयोजक एभरेष्ट प्रिमियर लिग प्राइभेट लिमिटेडले मंसिर २२ बाट सुरु हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको खेल तालिका सोमबार प्रकाशित गरेको हो ।

ईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र ललितपुर भिड्दै

पहिलो दिन शनिबारको एकमात्र खेलमा विराटनगर र ललितपुर भिड्न लागेका हुन् । गत वर्ष नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगरले भैरहवा ग्लाडिटियर्सलाई पराजित गर्दै उपाधि जितेको थियो । सो क्रममा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर इलिमिनेटरबाटै बाहिरिएको थियो ।


आइतबार दोस्रो दिनको खेलमा ललितपुरले चितवन टाइगर्ससँग तथा भैरहवाले पोखरा राइनोजसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ । छैटौं टोली काठमाडौं किंग्स ११ ले मंसिर २४ मा चितवनसँग आफ्नो पहिलो खेल खेल्ने छ । ललितपुरसँगैं पोखरा गत संस्करणमा इलिमिनेटरसम्म पुगेका थिए । काठमाडौं र चितवन पुछारमा रही दोस्रो चरण पुग्न असफल रहेका थिए ।


यसपटक पनि राउन्ड रोबिन लिगमा एकले अर्को पाँच टोलीसँग खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । लिग चरणमा पहिलो र दोस्रो हुने टोलीले इलिमिनेटर १ मा प्रतिस्पर्धा गर्नेछ र विजेता टोली फाइनल पुग्ने छ । इलिमिनेटर २ मा राउन्ड रोबिनमा तेस्रो र चौथो हुने टोलीले प्रतिस्पर्धा गर्नेछ । त्यसको विजेता टोलीले इलिमिनेटर १ को पराजित हुने टोलीसँग फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्नेछ ।


राउन्ड रोबिनको अन्तिम खेलमा चितवनले पोखरासँग मंसिर २९ मा, ललितपुरले भैरहवासँग पुस १ मा तथा विराटगनरले काठमाडौंसँग पुस २ मा प्रतिस्पर्धा गर्नेछ ।


हेर्नुहोस् तालिकाः


प्रकाशित : मंसिर ३, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?