कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएलः पोखरा राइनोजका प्रशिक्षक अष्ट्रेलियन नाथन डोड

काठमाडौँ — पोखरा राइनोजले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि अष्ट्रेलियन नाथन डोडलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । डोडले आफ्ना खेलाडीलाई विश्वस्तरीय प्रशिक्षण दिने पोखराको विश्वास छ । 

ईपीएलः पोखरा राइनोजका प्रशिक्षक अष्ट्रेलियन नाथन डोड

डोडले क्रिकेट अष्ट्रेलियाबाट हाइपर्फोमेन्स लेभल ३ प्रशिक्षण कोर्ष गरेका छन् । उनले अष्ट्रेलियाका जस्टिन ल्याङ्गरसहित फिल ज्याकसँग रहेर प्रशिक्षण गरिसकेको पोखराले विज्ञप्ति मार्फत जनाएको छ । उनी अहिले न्यु साउथ वेल्स ब्लुजको डेभलपमेन्ट परामर्श प्रशिक्षक तथा अष्ट्रेलियाको फरक रुपमा सक्षम टिम वरिष्ठ सहयाक प्रशिक्षक हुन् । उनी विगतमा नर्थन टेरिटोरीको महिला र अन्य महिला टोलीको पनि प्रशिक्षक थिए ।


उनीसँग ट्वान्टी–२० क्रिकेटको पनि राम्रो अनुभव रहेको पोखराले जनाएको छ । स्यान्डगेट रेडक्लिफले २०१७ र २०१८ मा क्विन्सल्यान्ड स्टेट टी २० प्रिमियर लिग जित्दा उनी त्यसको वरिष्ठ सहयाक प्रशिक्षक थिए । ‘नेपालको क्रिकेट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा दिन प्रतिदिन माथि आइरहेको छ, त्यसलाई अझ प्रभावकारी बनाउदै डोडले हाम्रा खेलाडी र पोखरा राइनोजलाई उच्च प्रशिक्षण दिने मैले आशा लिएको छु,’ जगदम्बा स्पोटर्सकी प्रबन्ध निर्देशक दीपा अग्रवालले प्रेस विज्ञप्ति मार्फत जनाएकी छिन् ।


उच्च प्रतिभाशाली खेलाडीले भरिएको पोखरालाई बलियो बनाउन आफ्नो उत्कृष्ट प्रयास रहने डोडले विज्ञप्तिमा बताएका छन् । ईपीएल मंसिर २२ मा सुरु हुँदैछ । पोखराले गत वर्षको उपविजेता भैरहवा ग्लाडिटियर्ससँग मंसिर २३ मा आफ्नो पहिलो खेल खेल्ने छ ।

प्रकाशित : मंसिर ३, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?