ईपीएलः भैरहवामा युएईका बलर नाविद

काठमाडौँ — भैरहवा ग्ल्याडियटर्सले युएईका तीब्र बलर मोहम्मद नाविदलाई टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउँदो सिजनका लागि अनुबन्ध गरेको औपचारिक घोषण गरेको छ ।

ईपीएलः भैरहवामा युएईका बलर नाविद

भैरहवा ग्ल्याडियटर्सले मंगलबार उसको आधिकारिक फेसबुक पेज मार्फत नाविदलाई लिएको जनाएको छ । ईपीएल मंसिर २२ गतेदेखि सुरु हुनेछ ।


नाविदले युएईबाट ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र २३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन ३१ वर्षे यी खेलाडीको महत्वपूर्ण योगदान रहेको थियो ।


नाविदले गत महिना नमस्ते पोखरा प्रिमियर लिगमा पोखरा पल्टनबाट खेलेका थिए । पोखरालाई उपाधि दिलाउने क्रममा उनले ७ विकेट लिएका थिए ।


तर, उनको उपयोगी व्याटिङ पोखरालाई च्याम्पियन बनाउन अझ प्रभावकारी बनेको थियो । उनले 'पिन्च हिटर' को भूमिकामा खेल्दै हुलास काठमाडौं रोयल्सविरुद्ध इलिमिनेटरमा ३६ र चितवन राइनोज विरुद्धको फाइनलमा २५ रन बनाएका थिए ।


भैरहवा गत सिजनको ईपीएल फाइनलमा विराटनगर वारियर्ससँग १ विकेटले पराजित भएको थियो । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले मंसिर २३ मा पोखरा राइनोज विरुद्ध खेलेर आफ्नो यात्रा प्रारम्भ गर्नेछ ।

प्रकाशित : मंसिर ४, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?