कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ईपीएलः स्कटल्यान्डका कप्तान कोएट्जर पोखरा राइनोजमा 

काठमाडौँ — पोखरा राइनोजले स्कटल्यान्डका कप्तान केयल कोएट्जरलाई टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि लिएको छ । पोखराले मंगलबार प्रेस विज्ञप्ति मार्फत कोएट्जरलाई लिँदै उनको आवागमनले टोलीमा ठूलो बल पुग्ने जनाएको छ । 

ईपीएलः स्कटल्यान्डका कप्तान कोएट्जर पोखरा राइनोजमा 

३४ वर्षे कोएट्जरले स्कटल्यान्डबाट ५० एकदिवसीय अन्तर्राष्ट्रिय र ४५ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनीसँग ९४ प्रथम श्रेणीको खेल खेलेको पनि अनुभव छ ।

नेपाल र स्कटल्यान्ड दुवै गत मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र बनेका थिए ।


समूह चरणको खेलमा कोएट्जरले अविजित ८८ रन बनाउँदै नेपालविरुद्ध स्कटल्यान्डलाई ७ विकेटको जित दिलाएका थिए ।


'स्कटल्यान्ड र नेपालले यसैवर्ष विश्वकप छनोटमा निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो । त्यसयता मलाई नेपाली राष्ट्रिय टोलीसँग खेल्न इच्छा लागिरहेको थियो । पोखरा राइनोजलाई यसअवसर जुराइदिएकोमा धन्यवाद दिँदै नेपालमा खेल्नको लागि म व्यग्र रहेको छु,' पोखराको विज्ञप्तिमा कोएट्जरले भनेका छन् ।


कोएट्जरलाई अनुबन्धित गरेको घोषणा गर्दै पोखरा राइनोजको अभिभावक कम्पनी जगदम्बा स्पोर्ट्सकी दीपा अग्रवालले भनेकी छन्, 'स्कटल्यान्ड र नेपालले यसअघि खेलिसकेका छन् । कोएट्जरलाई नेपाली खेलाडीबारेमा धेरै थाहा छ । हामी उनले डिसेम्बरमा कीर्तिपुरमा खेल्ने प्रतिक्षा गरिरहेका छौं ।'

प्रकाशित : मंसिर ४, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?