सलोनी र आरभको जित

लेखनाथ — शीर्ष वरियताका नेपाली खेलाडी सलोनी तामाङ र आरभ हाडाले यू–१४ उमेर समूहमा विजयी सुरुआत गरेका छन् । पोखरामा जारी ट्रेकर्स इन यू–१४ जुनियर एटीएफ टेनिस च्याम्पियनसिप सर्किट १ मा मंगलबार उनीहरू विजयी भएका हुन् ।

सलोनी र आरभको जित

सलोनीले पोखराका श्रेया भट्टराईमाथि सजिलो जित पाइन् । उनले ६–१, ६–० को सेटमा नतिजा निकालिन् । पुरुषतर्फ आरभले पोखराकै सौगात बिकलाई ६–१, ६–२ को सोझो सेटमा हराए । अन्य खेलमा भारतका आचिन्त्या बर्माले नेपालका पवनकुमार शर्मालाई ६–२, ६–० ले, रोहण पटेलले नेपालका इशान गुरुङलाई ६–०, ६–१ ले र नेपालका प्रितम परियारले भारतका हरिशरण भाष्करणलाई ६–४, ६–४ ले पराजित गरेका छन् ।


नेपालका इभ्याक जोशीले श्रेयष पौडेललाई ६–१, ६–० ले, प्रणव मानन्धरले आयुष्मान घलेलाई ६–२, ६–३ ले, सरोज तामाङले सक्षमविक्रम शाहलाई ६–२, ६–१ ले र अकी जुवेन रावतले राजवीर प्रधानलाई ६–०, ६–० ले पराजित गरे ।


महिलातर्फ निमिषा ढकालले प्रशंसा मोक्तानलाई ६–१, ६–१ ले र भारतका मिली छुगले नेपालकी श्रृष्टि राईलाई ७–६, ६–४ ले पराजित गरे ।


महिला डबल्सतर्फ इशाश्री शाह र सर्वांगी श्रेष्ठको जोडीले श्रेया भट्टराई र रामिका बुद्धाचार्यको जोडीलाई ६–०, ६–० ले, निमिषा ढकाल र आइसा डोल्कर गुरुङको जोडीले प्रशंसा मोक्तान र सुनीरा थापाको जोडीलाई ६–४, २–६ र सुपरटाईमा १०–६ ले पराजित गरे । सुभाङगीलक्ष्मी शाह र सलोनी तामाङको जोडीले भारतकी मिली छुग र नेपालकी अध्या पौडेलको जोडीलाई ६–३, ६–१ को सेटमा पराजित गरे ।

प्रकाशित : मंसिर ५, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?