२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सन्दीप पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्ने

काठमाडौँ — सन्दीप लामिछानेले फ्रेन्चाइज क्रिकेटमा अर्को ठूलो महत्त्व पाएका छन् । नेपालका युवा बलर सन्दीप पाकिस्तान सुपर लिग (पीसीएल) मा समेटिएका छन् । लाहोर कलन्दर्सले मंगलबार भएको ड्राफ्टमा सन्दीपलाई गोल्ड श्रेणीबाट लिएको हो ।

सन्दीप पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्ने

ड्राफ्टमा सन्दीप गोल्ड श्रेणीमा नै रहेका थिए । लाहोरले पिक वानमै सन्दीपलाई लिएको हो । गोल्डबाट छानिएका खेलाडीले कम्तीमा ५० र बढीमा ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ । सन्दीपलाई कति पारिश्रमिकमा लिइएको त्यो अझै निश्चित नभएको उनका म्यानेजर रमन सिवाकोटीले जनाए ।


सन्दीपको टोली लाहोरमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, न्युजिल्यान्डका कोरे एन्डरसन, कार्लोस ब्रेथवेट, हरिश सोहेल, मोहम्मद हफिज, ब्रेन्डन म्याकलम, एन्टोन डेभसिच, एजाज चिमा, राहत अली लगायतका खेलाडी छन् । गत वर्ष पीसीएलको ड्राफ्टमै रहे पनि सन्दीपलाई कुनै टोलीले लिएको थिएन । नेपालका अर्का खेलाडी अलराउन्डर सोमपाल कामी ड्राफ्टबाट छनोट भएनन् । उनी सिल्भर श्रेणीमा रहेका थिए ।


पीसीएल फेब्रुअरी १४ देखि मार्च १७ सम्म आयोजना हुँदै छ । पीसीएलका खेलहरू पाकिस्तानको लाहोर र कराँची तथा यूएईको दुबई र शारजहाँमा हुनेछ । सन्दीप बिगबास खेलेर पीसीएल खेल्ने जाने छन् । सन्दीप पीसीएलजस्तै बिगबास पनि पहिलोपल्ट खेल्दै छन् । मेलबर्न स्टार्सबाट बिगबासमा खेल्दा उनले झन्डै ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।


सन्दीपले दसैंअघि यूएईमा अफगान प्रिमियर लिगमा नान्गहरबाट खेलेका थिए, जसमा उनको पारिश्रमिक १५ हजार डलर रहेको थियो । सन्दीप अहिले पनि टी–१० लिग खेल्न यूएई पुगेका छन् । बुधबार यूएईको शारजहाँमा सुरु हुने टी–१० लिगको सिजन २ मा केरला किंग्ससँग अनुबन्धित सन्दीपले त्यहाँ खेलेपछि ३० हजार डलर पारिश्रमिक पाउने छन् ।


सन्दीपले दिल्ली डेयरडेभिल्सबाट मेमा आईपीएल खेल्दै फ्रेन्चाइज लिगको यात्रा सुरु गरेका थिए । २० हजार डलरमा अनुबन्धित सन्दीपले दिल्लीको अन्तिम ३ खेलमा खेल्दै ५ विकेट लिई बलियो प्रभाव बनाएका थिए । त्यसपछि उनले सेन्ट किट्स एन्ड प्याट्रियट नेभिसबाट सीपीएल खेलेका थिए । क्यानडामा ग्लोबल टी–२० लिग खेल्दा सन्दीपले ४० हजार डलर पाएका थिए ।

प्रकाशित : मंसिर ५, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?