कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिटिलले जित्यो उपाधि

मोहन बुढाऐर

धनगढी — तेस्रो निस्ट कलेज लिटिल फ्लावर टी–२० प्रिमियर लिगको उपाधि आयोजक लिटिल फ्लावर स्कुल धनगढीले जितेको छ । कप्तान विपिन रावलले ७९ रनको योगदान गरेपछि आयोजक उपाधि जित्न सफल भएको हो ।

लिटिलले जित्यो उपाधि

धनगढीको संघीय प्रहरी इकाई कार्यालय क्रिकेट मैदानमा मंगलबार लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ७ विकेट पराजित गर्दै लिटिल फ्लावरले उपाधि उचालेको हो । १ सय ४६ रनको लक्ष्य पाएको फ्लावरले १८.१ ओभरमा ३ विकेट गुमाई १ सय ५१ रन जोड्दै जित निकालेको हो ।


कप्तान विपिनले ४१ बलमा ११ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७९ रन बनाए । दीपक रोकायले अविजित २४, अनिल थापा र विशाल भट्टले १४–१४ रनको योगदान गरे । लिटिल बुद्धका नारायण जोशीले २ विकेट लिएका थिए ।


यसअघि टस जितेको लिटिल बुद्धले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो । सुशील खड्काको कम्तानीमा रहेको टोलीका लागि ओपनर हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र सुशीलले १९ रनको योगदान दिएका थिए । लिटिल फ्लावरका शेर मल्लले २ तथा सागर भण्डारीले १ विकेट लिएका थिए ।


लिटिल फ्लावरले उपाधिसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ जित्यो । दोस्रोपल्ट उप–विजेतामै समेटिएको लिटिल बुद्धले ५५ हजार ५ सय ५५ रुपैयाँ पायो ।


प्लेयर अफ द सिरिज यू–१९ टोलीका सदस्य शेर मल्ल, बेस्ट ब्याट्सम्यान सिद्धार्थ शिशुसदनका खडक बोहरा, बेस्ट बलर लिटिल बुद्धका रोचक ऐर र राइजिङ प्लेयर लिटिल फ्लावरका विशाल भट्ट घोषित भएका छन् ।


यो सुदूरपश्चिम प्रदेशको क्रिकेट प्रिमियर लिग (डीपीएल) पछि दोस्रो ठूलो प्रतियोगिता पनि हो ।

प्रकाशित : मंसिर ५, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?