कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डर्बीमा लिभरपुललाई राहत

एएफपी

लन्डन — लिभरपुलले अन्तिम समयमा एभरटनमाथि जित हासिल गर्दै आइतबार प्रिमियर लिगमा शीर्षस्थानको म्यानचेस्टर सिटीमाथि दबाब कायमै राखेको छ ।

डर्बीमा लिभरपुललाई राहत

अपराजित रहेको योर्गन क्लोपको टिम मर्सिसाइड डर्बीमा २ अंक गुमाउने अवस्थामा पुगेको थियो, जसले सिटीलाई अझै बलियो अवस्थामा पुर्‍याउने थियो । तर, एभरटनका गोलकिपर जोर्डन पिकफोर्डको गम्भीर गल्तीमा लिभरपुलले १–० को जित हासिल गर्‍यो र सहरी प्रतिद्वन्द्वीविरुद्ध एनफिल्डमा आफ्नो जादुयी प्रदर्शनलाई कायमै राख्यो ।


उनाई इमरेले सम्हालेको आर्सनल टोटेनहममाथि ४–२ को सनसनीपूर्ण जितसँगै सबै किसिमको प्रतियोगितामा १९ खेलयता अपराजित रहेको छ । गोलअन्तरको आधारमा टोटेनहमलाई उछिनेको आर्सनल चौथो स्थानमा पुगेको छ ।


भिर्जिल भान डाइकको प्रहारमा इंग्ल्यान्डका गोलपिकर पिकफोर्डको अनुमान गलत रहेपछि बल सब्स्टिच्युट डिभोक ओरिगीसामु पुगेको थियो । बेल्जियन फरवार्डले सजिलै बललाई पोस्टको दिशा दिएर एनफिल्डलाई चम्किलो बनाएका थिए । त्यस गोलले क्लोपसहितलाई मैदानमा दौडाएको थियो । पिकफोर्डले त्यस गल्तीलाई फरक तरिकाले स्विकार्दै माफी मागे ।


बार्सिलोना शीर्षस्थानमा

म्याड्रिड– ओसमान डेम्बेलेले अर्को उच्चस्तरको प्रदर्शन गरेपछि बार्सिलोना ला लिगामा भिलारियलको चुनौती पन्छाउँदै आइतबार शीर्षस्थानमा उक्लिएको छ ।


प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले गत महिना पहिलो रोजाइमा नराखेका डेम्बेलेले त्यसयता लगातार दोस्रोपल्ट सुरुबाट खेल्दै पुन: उनको विश्वासमाथि न्याय गरेका थिए । जेरार्ड पिकेको सुरुआती गोलसँगै बार्सिलोनाले क्याम्प नोउमा २–० को सहज जित निकालेको थियो ।


स्पेनका २० बर्षीय कार्लोस एलेनाले पनि भविष्यको स्टारका रूपमा आफूलाई प्रस्तुत गरे । बेन्चबाट आएर उनले अर्को गोल थपे । ‘चिप’ गर्दै उनले ला लिगामा आफ्नो पहिलो र बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए । उनले लियोनल मेसीको पासमा डिफेन्सको गल्तीपछि प्राप्त बललाई उपयोग गरेका थिए ।


जितसँगै बार्सिलोना सेभियामाथि एक अंकको अग्रता लिएर शीर्षस्थानमा उक्लिएको हो । सेभियाले डेपोर्टिभो अल्भेससँग १–१ को बराबरी गरेपछि शीर्षस्थानमा निरन्तर रहने अवसर गुमाएको हो । एट्लेटिको म्याड्रिड पनि जिरोनासँग १–१ मा रोकियो । एट्लेटिको २५ अंकसहित तेस्रोमा छ, जुन बार्सिलोनाभन्दा ३ अंक पछाडि हो । डेपोर्टिभो अल्भेस (२४), रियल म्याड्रिड (२३), जिरोना (२१) शीर्ष ६ स्थानमा छन् ।


सत्रौं स्थानमा रहेको भिलारियल रेलिगेसन क्षेत्रभन्दा ३ अंक माथि छ । यसले प्रशिक्षक जाभियर काजेलामाथि दबाब थपेको छ । उनको टिमले सेप्टेम्बरयता लिगमा एक खेलमात्र जितेको छ ।


बार्सिलोनाको एकेडेमीमा १३ वर्ष प्रशिक्षण गरेका मिडफिल्डर एलेनाले सम्भवत् क्लबका समर्थकअघि धेरै रमाइलो गरेको हुनुपर्छ तर समय डेम्बेलेका लागि रह्यो ।


२१ वर्षीय डेम्बेलेमाथि भाल्भेर्डेको धैर्य निकै पातलो थियो । उनले डेम्बेलेलाई रियल बेटिसविरुद्धको खेलमा टिममा राखेका थिएनन् । तर, उनी अन्त्यतिर एट्लेटिको म्याड्रिडसँग बराबरी गर्दै फर्किएका थिए र अर्को उत्साहप्रद प्रदर्शन पनि गरे ।


गोल नबेहोर्नु भाल्र्भेडेका लागि पनि ठूलै खुसी बन्यो । अगस्टमा सिजनको दोस्रो खेलयता बािर्सलोनाले पहिलोपल्ट विपक्षीलाई गोल गर्न नदिएको हो । लियोनल मेसी र डेम्बेलेले भिलारियलको डिफेन्सलाई ध्वस्त बनाएका थिए ।

प्रकाशित : मंसिर १८, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?