२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पृथु चितवनको कप्तान

काठमाडौँ — चितवन टाइगर्सले पृथु बाँस्कोटालाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि कप्तान नियुक्त गरेको छ । पृथुको कप्तानीमा नेपालले सन् २०१२ मा अस्ट्रेलियामा आईसीसी यू–१९ विश्वकप खेलेको थियो ।

पृथु चितवनको कप्तान

गत वर्ष पनि पृथु चितवनकै कप्तानमा थिए । तर प्रहरी प्रशासनको घेरामा रहेका कारण उनले ईपीएलका कुनै खेल खेल्न पाएका थिएनन् । मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले चितवनको नेतृत्व गरेका थिए । एकमात्र खेल जितेको चितवन पुछारमा थियो । पृथुले आफ्नो टोली दाबेदारका साथ ईपीएलमा प्रस्तुत हुने जनाएका छन् ।


चितवनले प्रशिक्षक कलाम अली, टिम लिडर एवं व्यवस्थापक श्यामसङजंग थापालाई नियुक्त गरेको छ । अली गत वर्ष पनि प्रशिक्षक थिए । सन्तुलित टिम रहेको जनाउँदै उनले युवाले भरिएका कारण चितवन जोसिलो रहने बताए । चितवनले टयालेन्ट हन्टबाट आकाश थापालाई लिएको छ । उनी गत वर्ष पनि टयालेन्ट हन्टबाटै टोलीमा आएका थिए ।


आयरल्यान्डका पाउल स्टर्लिङसहित काउन्टी खेलिरहेका जोहन सिम्पसन र इंग्लिस खेलाडी जर्ज स्कट चितवनका विदेशी खेलाडी हुन् । स्टर्लिङ बिहीबार राति काठमाडौं आइपुग्ने चितवनले जनाएको छ ।


ललितपुर टोलीमा कमल

यसैबीच ललितपुर प्याट्रियट्सले टयालेन्ट हन्टबाट कमल खत्रीलाई लिएको छ । ईपीएलको प्रावधानअनुसार टयालेन्ट हन्टबाट एक खेलाडी लिनुपर्ने हुन्छ ।


बुधबार काठमाडौंको मुलपानी मैदानमा सम्पन्न छनोटमा कमल अन्य १७ खेलाडीलाई उछिन्दै टोलीमा पर्न सफल भएको ललितपुरले जनाएको छ । मंसिर १२ मा भएको पहिलो चरणको छनोटमा २ सय ६ खेलाडी सहभागी थिए ।


प्रशिक्षक राजु बस्न्यात र कप्तान ज्ञानेन्द्र मल्लले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा भएको छनोटबाट १८ खेलाडी छनोट गरेका थिए । त्यसबाट देव्रेहाते मध्यम गतिका बलर एवं दाहिने हाते ब्याट्सम्यान कमल छनोट भएका हुन् ।

प्रकाशित : मंसिर २०, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?