२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सलाहको दोस्रो ह्याट्रिक

एएफपी

लन्डन — मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले शनिबार बर्नमाउथलाई ४–० ले पराजित गरेको छ । यो जितसँगै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । सलाहले लिभरपुलको जर्सीमा दोस्रोपल्ट ह्याट्रिक गरेका हुन् । 

सलाहको दोस्रो ह्याट्रिक

लिभरपुल सिजनको सुरुको १७ खेलसम्म अपराजित छ । यसक्रममा योर्गन क्लोपको टोलीले ४२ अंक बटुलिसकेको छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग ४१ अंक छ ।


लिभरपुलको अग्रता र सलाहको पहिलो गोल भाग्य नै थियो । रोबर्टो फिर्मिन्होले ३० यार्ड टाढाबाट गरेको प्रहार बर्नमाउथका गोलरक्षक अस्मिर बेगोभिजले बचाउन त सके । त्यही रिबाउन्डमा इजिप्टका स्ट्राइकरले गोल गरी लिभरपुललाई २५ औं मिनेटमा अग्रता दिलाए । तर त्यसमा सलाह अफसाइड देखिएका थिए ।


मध्यान्तरपछिको तेस्रो मिनेटमा सलाहले दोस्रो गोल गरे । ६८ औं मिनेटमा बर्नमाउथका स्टिभ कुकले क्लियर गर्नेक्रममा आफ्नै पोस्टमा गोल गर्न पुगे । ७७ औं मिनेटमा बर्नमाउथका गोलरक्षक बेगोभिकलाई दुईपल्ट छक्याउँदै सलाहले उत्कृष्ट ढंगमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

प्रकाशित : मंसिर २३, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?