कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाइल्यान्डको वर्चस्व

काठमाडौँ — तेस्रो नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनमा थाइल्यान्डले वर्चस्व कायम गरेको छ । हल्चोकस्थित एपीएफको कभर्डहलमा शनिबार प्रतियोगिताका पाँचमध्ये चार स्पर्धाको उपाधि थाई खेलाडीले जितेका छन् ।

थाइल्यान्डको वर्चस्व

पुरुष सिंगल्समा थाइल्यान्डका कुन्लाभूत भितिदसर्नले मलेसियाका तेक ही होलाई ३–१ को सेटमा पराजित गरी उपाधि जिते । पहिलो सेटमा २०–२२ ले पछि परेको स्थिति उल्टाउँदै कुन्लाभूतले २२–२०, २१–९ ले सेट जितेर खेल आफ्नो पक्षमा पारे ।


पुरुष डबल्सको फाइनलमा सुपाक जोम्को र वाचिरावित सोथोनको थाई जोडीले आफ्नै देशका ऋत सारापात र पानाचाई ओरासाक्तायाताको जोडीलाई २१–११, २१–१५ को सेटमा हराए । मिक्स्ड डबल्सको फाइनलमा पनि थाई खेलाडी नै थिए । सुपाक र सुपिसारा पेसाम्प्रानको जोडीले पानाचाई र पिचायानिन् उंकाको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जिते ।


सुपाक र पेसाम्प्रानको जोडीले पहिलो सेट १९–२१ ले गुमाए पनि खेलमा पुनरागमन गर्दै २१–१५, २१–१४ सेट आफ्नो पक्षमा पारे खेल जिते ।


महिला सिंगल्सको उपाधि भिडन्तमा थाइल्यान्डकी चानन्चिदा जुचारोनले म्यानमारकी थेट तार हुजारलाई २१–१८, १०–२१, २१–१७ को सेटमा हराएर स्वर्ण जितिन् ।


महिला डबल्सको उपाधि भने भारतको पोल्टामा गयो । भारतका अर्पना बलान र श्रुथी केपीले श्रीलंकाका थिलिनी प्रामोदिका हेन्दाहेवा र काभिदी सिरिमानाङेको जोडीलाई २१–१६, २१–१६ को सेटमा हराउँदै उपाधि जिते ।

पाँच दिने प्रतियोगितामा २० देशका ६१ मलिा र १ सय १७ पुरुष खेलाडी सहभागी थिए । नेपालबाट १६ पुरुष र १३ महिला खेलाडी सहभागी भएकोमा कसैले पनि क्वाटरफाइनल चरण पार गर्न सकेनन् । घरेलु भूमिमा नेपाली ब्याडमिन्टन खेलाडीले भाग लिने यो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रकाशित : मंसिर २३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?