भारत जिततर्फ

एएफपी

एडिलेड — अस्ट्रेलियाको चार विकेट खोसेपछि भारत पहिलो टेस्ट क्रिकेटमा जित नजिक पुगेको छ । ३ सय २३ रनको लक्ष्य लिएर आएको अस्ट्रेलिया आइतबार चौथो दिनको खेल समाप्तिमा १०४–४ को स्थितिमा छ ।

भारत जिततर्फ

जितभन्दा अझै २ सय १९ रनले टाढा रहेको अवस्थामा सन मार्स ३१ र स्थानीय ट्राभिस हेड ११ रन बनाई क्रिजमा छन् । ओपनर आरोन फिन्च ११ रन बनाएर रविचन्द्रन आश्विनको बलमा आउट भए ।


पहिलो टेस्ट खेलिरहेका मार्कुस ह्यारिसले २६ रन बनाए । उनलाई मोहम्मद सामीले आउट गरे । आश्विनले उस्मान ख्वाजालाई ८ र सामीले पिटर हयान्ड्सकोम्बलाई १४ रनमा आउट गरे ।


उपकप्तान अजिन्क्या राहनेले ७० र पहिलो इनिङ्समा शतक बनाएका चेतेश्वर पुजाराले ७१ रन बनाएपछि भारतले दोस्रो इनिङ्समा ३ सय ७ रन बनाएको थियो । अन्तिममा भारतको पतन हुँदा अस्ट्रेलियाको आशा बढेको थियो । भारतले अन्तिम ४ विकेट ४ रनमा गुमाएको थियो ।


स्पिनर नाथन लायनले ४२ ओभरमा १ सय २२ रन खर्चेर ६ र मिचेल स्टार्कले ४० रन खर्चेर ३ विकेट लिए । अस्ट्रेलियाले जित हात पार्ने हो भने इतिहास नै रच्नुपर्नेछ । यहाँ एक पटकमात्र ३ सयभन्दा रन पछ्याएर जित लक्ष्य हासिल भएको छ ।


सन् १९०२ मा यो सम्भव हुँदा अस्ट्रेलियाले इंग्ल्यान्डविरूद्ध ३ सय १५ रन बनाएको थियो । आधुनिक समयमा वेस्ट–इन्डिजले १९८२ मा २ सय ३९ रन बनाएर खेल जितेको थियो ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?