कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिटीको पहिलो हार

एएफपी

लन्डन — चेल्सीले म्यानचेस्टर सिटीलाई यस सिजनको इङलिस प्रिमियर लिगमा पहिलो पराजय चखाएको छ । चेल्सीले शनिबार राति स्टामफोर्ड ब्रिजमा सिटीमाथि २–० को जित हात पार्‍यो । १६ औं खेलमा 
आएर सिटीले पहिलो पराजय भोगेको हो । 

सिटीको पहिलो हार

यस हारले पेप ग्वार्डिओलाको सिटीले शीर्षस्थान पनि गुमाएको छ । लिगमा सिटीको लगातार २१ खेलको अपराजित यात्रा टुंगिएको छ । यस सिजनको प्रिमियर लिगमा एकमात्र अपराजित टोली लिभरपुल शीर्षस्थानमा छ ।


लिभरपुलले शनिबार नै मोहम्मद सलाहको ह्याट्रिकमा बर्नमाउथलाई ४–० ले पराजित गरेको थियो । सिटीले चेल्सीसँग बराबरी मात्र खेल्न सकेको भए पनि लिभरपुल दोस्रो स्थानमा झर्ने थियो ।


लिभरपुलको ४२ र सिटीको ४१ अंक छ । चेल्सी ३४ अंकसहित चौथो स्थानमा छ । लेस्टरमाथि २–० को जित हात पारेको टोटेनहम ३६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । सन हिउन मिनले पहिलो हाफको इन्जुरी समयमा र डेल अलीले ५८ औं मिनेटमा गोल गरे ।


पहिलो हाफमा खेल नियन्त्रणमा लिएर पनि गोलको खाता खोल्न नसक्नु सिटीको दुर्भाग्य बन्यो । मध्यसातामा वोल्भससँग पराजित चेल्सीलाई एन’गोलो कान्टेले इडेन हाजार्डको पासमा गोल गरी मध्यान्तर हुनु ठीक अगाडि अग्रता दिलाए । खेल समाप्त हुनु १२ मिनेट अगाडि डेबिड लुइजले कर्नरमा हेड गोल गरी चेल्सीको जित सुनिश्चित जस्तै गरे ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?