कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ईपीएलमा चितवनको लगातार दोस्रो हार

काठमाडौँ — चितवन टाइगर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएलमा) मा लगातार दोस्रो हार व्यहोरेको छ । चितवन सोमबार काठमाडौं किंस- ११ सँग ६ विकेटले पराजित भयो । यसअघि पहिलो खेलमा आइतबार चितवन ललितपुर प्याट्रियट्ससँग ११ रनले पराजित भएको थियो ।

ईपीएलमा चितवनको लगातार दोस्रो हार

सोमबार त्रिवि मैदानमा भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ६० रनको योगफल बनाएको थियो । चितवनका लागि मार्की प्लेयर दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ४५ रन बनाए । दीपेन्द्रले ४० बलमा ५ चौका प्रहार गरेका थिए ।


चितवनले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । पाँचौ ओभरमा ओपनर पाउल स्टर्लिङ १३ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ३४ रन बनाएर आउट भए । त्यसपछि आएका जोन सिम्पसन पनि पहिलो बलमै आउट भए । चितवनका अर्का ओपनर सन्दीप सुनारले २४ रनको योगदान दिए ।

जर्ज स्कटले १५ र कप्तान पृथु बाँस्कोटाले २० रन बनाए पनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । उत्कृष्ट सुरुआत गरेको चितवनका मध्य र पुछार क्रमका ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।


बलिङतर्फ काठमाडौंका संसाद शेख र प्रदीप साहुले तीन तीन विकेट लिए ।


१ सय ६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । काठमाडौंका लागि विदेशी खेलाडी सुब्रमनियन आनन्दले विष्फोटक ब्याटिङ गरी १८ बलमा अविजित ४३ रन बनाए । उनले १ चौका र ४ छक्का प्रहार गरे ।


त्यस्तै अमरसिंह रौटेलाले पनि १२ बलमा अविजित २१ रन बनाए । काठमाडौंका ओपनरहरु सागर पुनले ३९ र अमित श्रेष्ठले १८ रन बनाए । त्यस्तै नरेश बुढाऐरले पनि २२ रनको योगदान गरे ।


बलिङतर्फ साहव आलमले २ तथा पाउल स्टर्लिङ र ललितसिंह भण्डारीले १/१ विकेट लिए । सुब्रमनियम खेलको म्यान अफ द म्याच चुनिए ।

प्रकाशित : मंसिर २४, २०७५ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?