कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ईपीएलः ललितपुरको लगातार दोस्रो जित

काठमाडौँ — भारतीय ब्याट्सम्यानद्वय गौरव तोमर र जयकिसन कोल्सावालाको शतकीय साझेदारीमा ललितपुर प्याट्रियट्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ । ललितपुरको तेस्रो खेलमा यो दोस्रो जित हो भने पोखराको लगातार दोस्रो हार हो ।

ईपीएलः ललितपुरको लगातार दोस्रो जित


१ सय ६७ रनको लक्ष्य ललितपुरका ओपनर गौरव र जयकिसनले पहिलो विकेटका लागि १ सय २९ रनको साझेदारी गरेपछि १६ औं ओभरमा लक्ष्य पूरा गरेको थियो ।


१३औं ओभरमा सुशान भारीको बलमा मार्की खेलाडी शक्ति गौचनको हातबाट क्याचआउट हुनुअघि जयकिसनले ३८ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ५१ रन बनाए ।


अर्को ओभरमा गौरव ८२ रन बनाएर पाउल कलिनको बलमा आउट भए । उनले ४१ बल खेलेर ८ छक्का र ४ चौका प्रहार गरे । सन्नी पटेलले ८ बलमा २० तथा सोनु तामङले ८ बलमा ११ रनको अविजित इनिङ्स खेले ।


यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो ।


पोखराका ओपनर रचिर्ड लेभीले विष्फोटक ८४ रनको इनिङ्स खेले पनि दशौं ओभरको अन्तिम बलमा उनी आउट भएपछि पोखराको गति सुस्ताएको थियो ।


पवन सर्राफको बलमा सन्दीप जोराको हातबाट क्याचआउट हुनुअघि लेभीले ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । पोखराका अर्का ओपनर तथा कप्तान कायल कोएट्जरले ३१ बलमा १९ रन बनाउँदा पाउल कलिन १४ रनमा रनआउट भए ।


विनोद भण्डारीले २३ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित ३४ रन र राजेश पुलामीमगर २ रनमा अविजित रहे । बलिङतर्फ पवनले ३ विकेट लिए ।

प्रकाशित : मंसिर २४, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?