१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भैरहवासँगै ललितपुर पनि ईपीएलको प्लेअफमा

काठमाडौँ — काठमाडौं किंग्स-११ लाई १० विकेटले हराउँदै ललितपुर प्याट्रियट्स एक खेल अगावै टीभीएस ईपीएलको प्लेअफमा प्रवेश गरेको छ । 

भैरहवासँगै ललितपुर पनि ईपीएलको प्लेअफमा

ललितपुरले चार खेलमा तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ । बुधबारकै पहिलो खेलमा विराटनगर वारियर्सलाई पराजित गरी भैरहवा ग्ल्याडिएटर्स पनि प्लेअफमा पुगिसकेको छ ।


काठमाडौंले दिएको ११० रनको लक्ष्य ललितपुरले १०.३ ओभरमा बिना क्षति पूरा गर्‍यो । उसका लागि ओपनर गौरव तोमरले विष्फोटक ब्याटिङ गरी ३५ बलमा ८० रन पूरा बनाए । उनले २५ बलमा अर्धशतक पुरा गरेका थिए ।


त्यस्तै अर्का ओपनर जयकिसन कोल्सावालाले पनि २८ बलमा २७ रनको अविजित इनिङ्स खेले ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएर १ सय ९ रनको योगफल बनाएको थियो ।


काठमाडौंका लागि कप्तान केविन ओ'ब्राइनले ३३ बलमा ४२, सिद्धान्त लोहनीले २१ र संशाद शेखले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।


बलिङतर्फ ललितपुरका पवन सर्राफले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । योगेन्द्र सिंह कार्की र रसिद खानले २/२ विकेट लिए ।


काठमाडौंको दोस्रो खेलमा पहिलो हार हो । यसअघि पहिलो खेलमा काठमाडौंले चितवन टाइगर्सलाई पराजित गरेको थियो ।

प्रकाशित : मंसिर २६, २०७५ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?