कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ईपीएलः पोखरा राइनोज लिग चरणबाट नै बाहिरियो (अपडेट)

काठमाडौँ — पोखरा राइनोज टीभीएस एभरेष्ट प्रिमियर लिग प्रतियोगिताको लिग चरणबाट नै बाहिरिएको छ । ईपीएलको शुक्रबारको दोस्रो खेलमा काठमाडौं किंग्स-११ ले पोखरा राइनोजलाई ५ विकेटले हराएसँगै राइनोज चारै खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो। त्यसो त पोखराले शनिबार चितवन टाइगर्ससँग १ खेल खेल्न भने बाँकी छ । काठमाडौंले ३ खेलमा दोस्रो विजय हात पारेको हो । 

ईपीएलः पोखरा राइनोज लिग चरणबाट नै बाहिरियो (अपडेट)

त्रिवि मैदान कीर्तिपुुरमा टस हारेर व्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।


जवाफी व्याटिङमा आएको काठमाडौंले ४ बल अगावै उक्त लक्ष्य भेट्टायो। काठमाडौंबाट केबिन ओ'ब्राइनले ३५ बलमा अविजति ५४ रन बनाए ।


बलिङतर्फ विक्रम सोबले २ तथा शक्ति गौचन र सुशन भारीले १/१ विकेट लिए ।

पोखराका रिचर्ड लेभीले २१ बलमा ३८, कायल कोएटरले २५ बलमा ३७ र पाउल कोलिनले ३८ बलमा ३७ रन बनाए ।

यस्तै काठमाडौंका केविन ओ' ब्राइन र विक्रम भुसालले २/२ विकेट लिए ।

...

काठमाडौंको कप्तान रोहन मुस्ताफले गरिरहेका छन् । नियमित कप्तान सोमपाल कामी घाइते भएको अवस्थामा अघिल्लो खेलमा काठमाडौंको कप्तानी केभिन ओ'ब्राइनले गरेका थिए । मुस्ताफाको प्रतियोगितामा यो पहिलो खेल हो ।

काठमाडौंले २ मध्येको १ खेल जितेको छ । अघिल्लो खेलमा काठमाडौंलाई ललितपुर प्याट्रियटसले १० विकेटले पराजित गरेको थियो ।

पोखरा प्रतियोगितामा पहिलो विजय हात पार्ने आशामा छ । पोखराले पहिलो तीन खेल नै हारिसकेको छ । काठमाडौंसँग पराजित भए प्रतियोगिताबाट बाहिरिने छ ।

प्रकाशित : मंसिर २८, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?