१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौं किंग्स-११ ईपीएलको प्ले अफमा

काठमाडौँ — काठमाडौं किंग्स ११ ले भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गरी टीभीएस एभरेष्ट प्रिमियर लिग प्रतियोगिताको प्ले अफमा पुगेको छ । काठमाडौंले टस जितेपछि व्याटिङमा आएको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १४९ रन बनायो । 

काठमाडौं किंग्स-११ ईपीएलको प्ले अफमा

भैरहवाले ५ बल अगाडि लक्ष्य पुरा गर्‍यो । अमित श्रेष्ठले ५१ रन बनाए । रनआउट हुनुपूर्व उनले ४६ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहन मुस्तफा ३६ र सागर पुन १३ रन बनाइ आउट भए ।


केभिन ओ'ब्राइन १५ बलमा ३३ र नरेश बुढाऐर ४ रन बनाए अविजित रहे ।


भैरहवाका भुवन कार्की र कप्ता शरद भेषावकरले १/१ विकेट लिए । यसअघि भैरहवाबाट रवि इन्दर सिंहले ८६ रन बनाएका थिए । ६१ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार


शरदले ३९ रन बनाए । अन्तिम बलमा आउट हुनुपूर्व उनले ३१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे।


काठमाडौंबाट जितेन्द्र मुखियाले २ तथा ओ'ब्राइन र प्रदीप साहुले १/१ विकेट लिए ।


काठमाडौंले चौथो खेलमा तेस्रो विजय हात पारेको हो। लगातार तीन खेल जितेको भैरहवाको यो पहिलो पराजय हो ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?