बुद्धिचाल प्रतियोगिता सुरु

रमेशचन्द्र अधिकारी

धनकुटा — बुद्धिचाल संघको आयोजनामा धनकुटामा शुक्रबारदेखि जिल्ला छनौट खुला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

बुद्धिचाल प्रतियोगिता सुरु

धनकुटा नगर स्थापनाको ४१ औं वर्षको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको संघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।


२२ जना खेलाडी सहभागीता रहेको प्रतियोगितामा पहिलो दिन अंक प्राप्त गर्ने खेलाडीले सनिवार प्रतिस्पर्दा गर्दैछन् । उक्त खेलमा छनौंट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छन् ।


प्रतियोगिताको धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाले चेस खेलेर औपचारिक उद्घाटन गरेका थिए ।


नगर स्थापनाको अवसरमा पहिलो पटक खेल आयोजना गरिएको हो । आगामी वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?