कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ईपीएलः भैरहवा ग्ल्याडिएटर्सलाई हराउँदै ललितपुर प्याट्रियट्स क्वालिफायर्समा

काठमाडौँ — भैरहवा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै ललितपुर प्याट्रियट्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को क्वालिफायर्समा प्रवेश गरेको छ । 

ईपीएलः भैरहवा ग्ल्याडिएटर्सलाई हराउँदै ललितपुर प्याट्रियट्स क्वालिफायर्समा

पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको ललितपुरले त्यसयता लगातार चार खेलमा जित निकालेर ८ अंक बनाएको छ । उसले लिग चरणमा शीर्ष दुईभित्र स्थान सुरक्षित गरेको छ ।


भैरहवा पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । सोमबार काठमाडौं किंग्स-११ र विराटनगरबीच हुने लिग चरणको अन्तिम खेलले क्वालिफायर्समा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।


ललितपुरले पहिलो क्वालिफायर्समा सोझै फाइनल प्रवेशका लागि खेल्नेछ । पराजित भएमा लिगमा तेस्रो र चौथो हुने टोलीबीच हुने इलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने अवसर हुनेछ ।


आइतबार भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । ललितपुरका लागि पवन सर्राफले ३६ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । ओपनर जयकिसन कोल्सावालाले २७ बलमा अविजित २२ रन बनाए । सन्दीप जोराले १० बलमा अविजित १८ रन बनाए । कमजोर सुरुआत गरे पनि कम लक्ष्य भएका कारण ललितपुरले सहज जित हासिल गर्‍यो।


ललितपुरका विदेशी खेलाडी सन्नी पटेलले ५ विकेट लिएपपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रनको योगफल बनाएको थियो । भैरहवाका रवि इन्दर सिंहले १५ बलमा २५ र रायन टेन डेस्क्याटेले ३६ बलमा ३७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।


सन्नीले ४ ओभर बलिङ गरी मात्र १२ रन खर्चेर ५ विकेट लिए । रशिद खानले ४ ओभरमा १४ रन खर्चेर २ तथा योगेन्द्र सिंह कार्कीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिए । ललितनारायण राजवंशीले १ विकेट लिए ।

ललितपुर टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), ललितनारायण राजवंशी, कुशल भुर्तेल, पवन सर्राफ, सोनु तामांग, राशिद खान, सन्दीप जोरा, योगेन्द्रसिंह कार्की। सन्नी पटेल, जयकिसन कोल्सावाला (विकेटकिपर) र गौरव तोमर

भैरहवा टिमः शरद भेषावकर (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, कृष्ण कार्की, भुवन कार्की, प्रदीप ऐरी (विकेटकिपर), अविनाश बोहोरा, कुशल मल्ल, रवि इन्दर सिंह, रायन टेन डोस्क्याटे र मोहम्मद नाविद

प्रकाशित : पुस १, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?