१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

प्रतीक्षा ‘१००’ को

ए डिभिजनको नवप्रवेशी क्लब च्यासलबाट खेल्न जापानबाट फर्किएको सन्तोष साहुखलको लक्ष्य थियो– ‘ए डिभिजन लिगमा १ सय गोल पूरा गर्ने ।’ यो कोसेढुंगा पार गर्ने पहिलो खेलाडी बन्ने उनको चाहना जारी लिगबाट भने अधुरै रहनेछ ।
राजु घिसिङ

काठमाडौँ — फरवार्ड सुरेन्द्र तामाङ ‘गोल मेसिन’ को रूपमा खुबै चम्किरहेका थिए । उनी थ्रीस्टार क्लबका मुख्य फरवार्ड थिए ।

प्रतीक्षा ‘१००’ को

त्यति बेला ९ कक्षामा अध्ययनरत मध्यपुर थिमीका सन्तोष साहुखलले सुरेन्द्रसँगै अग्रपंक्तिमा खेल्ने अवसर पाएका थिए । यी स्कुले ठिटोले लिग डेब्यूमा संकटाविरुद्ध १–० को जितमा गोल गर्दै भविष्यमा स्टार हुने संकेत दिएका थिए ।


पहिलो सिजन (२०६०) को ए डिभिजन लिगमा ६ गोल गरेका सन्तोष पछिल्लोपल्ट नेपाली फुटबलले पाएको राम्रा फरवार्डमध्ये एक हुन् । उनले लिग खेल्न थालेको पनि १५ वर्ष भइसक्यो । उनी तीन वर्षयता भने बढीजसो जापानमा बस्छन्, कहिलेकाहीं मात्र खेल्न आइपुग्छन् ।


सहिद स्मारक ‘ए’ डिभिजन लिग ५ वर्षपछि पुन: सुचारु हुँदा उनी पनि स्वदेश फर्किए । ए डिभिजनको नवप्रवेशी क्लब च्यासलका लागि फर्किएको उनको लक्ष्य हो– ए डिभिजन लिगमा १ सय गोल पूरा गर्ने, जसले उनलाई यो कोसेढुंगा पार गर्ने पहिलो खेलाडी बनाउने छ ।


तर, उनको अहिले चलिरहेको लिगबाटै सय गोल पूरा गर्ने योजना अधुरै रहने भएको छ । ‘एक सय गोल पूरा गर्न भए पनि अर्को वर्ष ए डिभिजन लिग खेल्न फर्किने छु,’ बिहीबार जापान फर्कने तयारीमा रहेका उनले भने, ‘सय गोल पूरा गरेर इतिहास बनाउन चाहन्छु ।’ यसपालि उनले ५ खेल खेलेर ३ गोल गरे । यससँगै उनको राजधानीको ए डिभिजन लिगमा गोलसंख्या ९६ पुग्यो ।


हल्चोकमा शनिबार ब्रिगेड ब्वाइजविरुद्ध २–० को जित हात पारेको खेलमा दुई पहेँलो कार्ड (रातो) बेहोर्दै मैदान छाडेकाले सन्तोषले मंगलबार लिगको शीर्षस्थानमा रहेको मनाङ मस्र्याङदीविरुद्ध खेल्ने अवसर पाउने छैनन् ।


‘यसपालि ८ खेल खेलेर लिगमा एक सय गोल पुर्‍याउने योजना थियो,’ उनले सुनाए, ‘टिमसँगको समन्वय राम्रो हुन थालेको थियो तर पहिलाको समय फेरबदल हुँदा ५ खेलबाटै फर्किनुपर्ने भयो ।’ शरीरको तौल १० केजी घटाएर फर्किएपछि मैदानमा निकै छरिता देखिएका उनले यो लिगमा हिमालयन शेर्पा, एनआरटी र संकटाविरुद्ध गोल गरेका थिए ।


वसन्त थापा (७९ गोल) लाई उछिन्दै ए डिभिजन लिगको कीर्तिमानी गोलकर्ता बनेका उनले सशस्त्र प्रहरी बलको एपीएफ र मनाङमा पनि एक–एक सिजन बिताए, बाँकी करिअर ललितपुरे क्लब थ्रीस्टारको जर्सीमै देखिए । थ्रीस्टारसँग दुईपल्ट (२०६१ र २०६९) मा ए डिभिजन लिग च्याम्पियन भए ।


दोस्रोपल्ट लिग च्याम्पियन हुँदा सर्वाधिक १७ गोल गरेका उनले २०६६–६७ को लिगमा पनि सबैभन्दा धेरै गोल (१९) गरेका थिए । थ्रीस्टार २०७१–७२ को राष्ट्रिय लिग च्याम्पियन हुँदा पनि सात गोल गरेका थिए । राष्ट्रिय लिग भइरहेकै बेला महाभूकम्प २०७२ को एक दिनअघि जापान लागेका थिए र फर्केर पनि लिग खेले । मोरङविरुद्ध ह्याट्रिक गर्न पनि भ्याए । नकआउट प्रतियोगिताको उपाधि कति जिते भन्नेमा उनी आफैं पनि अनविज्ञ छन् ।


कीर्तिपुरमा भइरहेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विदेशी खेलाडीकै वर्चस्व रहेजस्तै यो लिगमा पनि अफ्रिकी मूलका खेलाडीकै प्रदर्शन निर्णायक बनिरहेको छ । विशेषत: अग्रपंक्तिमा । त्यसबीच राम्रो खेल्ने स्वदेशी फरवार्ड देखिएका छन् सन्तोष ।


उनले तीन वर्षअघि भारतविरुद्ध (विश्वकप २०१८ छनोटको प्ले–अफ) मा नेपालका लागि खेलेका थिए । ‘त्यसयता एन्फाले मलाई बोलाएको छैन,’ ३१ वर्षीय उनले भने, ‘देशका लागि खेल्ने चाहना अझै छ । पहिला नै सूचना दिएर बोलायो भने आउनसक्छु ।’ उनले नेपालको जर्सीमा २९ खेलमा ४ गोल गरेका छन् ।


सुरेन्द्र तामाङ, अनिल गुरुङ र जीवेश पाण्डेसँग अग्रपंक्तिमा सहकार्य गरिकेका उनी जापानमा के गर्छन् त ? ‘त्यहाँ पनि फुटबल नै खेलिरहेको छु,’ उनले भने, ‘खेलाडीका लागि फिटनेस नै सबैभन्दा महत्वपूर्ण हो र यसमा भूख्य भूमिका खानाको हुन्छ । खेलाडीले के खानुपर्छ, के हुँदैन भन्ने त्यहाँ पुगेरमात्रै थाह पाएँ ।’


उनले सिजुओकाको एसएस इजुबाट दसौं डिभिजनको जे लिग खेलेको पनि बताए । ‘हामी पहिलो भएर नवौं डिभिजनमा उक्लिएका छौं,’ उनले भने, ‘बेलैमा अवसर पाएको भए जापानको व्यावसायिक लिग (जे २–३) खेल्न सकिन्थ्यो ।’ उनी जे–१० डिसेम्बरमा सकेपछि नेपाल आएका थिए ।


जापानी फुटबल लिग (जे लिग) मा १२ तह छन् र त्यसमा नेपाली खेलाडीले जे ३–४ सम्म खेल्नसक्ने उनले बताए । उनले र्‍याले वल्र्डकी अध्यक्ष आया मियोसीसँग मिलेर भूकम्पपीडित नेपालीका लागि जे लिगका खेलाडी र अरुबाट सहयोग संकलन गरेर पनि ल्याएका थिए । र्‍याले वल्र्डले थिमीको खेल मैदानमा तारबार लगाउन र च्यासल युवा क्लबका खेलाडीलाई बुट, जर्सी र बल पनि सहयोग गरेको थियो ।


ए डिभिजन लिगमा सन्तोष

गोलसालक्लब

२०६०थ्रीस्टार

२०६१एपीएफ

२०६२थ्रीस्टार

११२०६३थ्रीस्टार

१९२०६६–६७थ्रीस्टार

१६२०६८मनाङ

१७२०६९थ्रीस्टार

२०७०थ्रीस्टार

२०७५च्यासल

कुल गोल : ९६

प्रकाशित : पुस ३, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?