१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तीन युवा क्रिकेटरलाई भारतमा अवसर

काठमाडौँ — तीन युवा क्रिकेटरले भारतका पूर्व क्रिकेटर वीरेन्द्र सेवागको एकेडेमीमा प्रशिक्षण लिने भएका छन् । 
सुशील कोइराला मेमोरियल फाउन्डेसनले नेपाली यू १९ का ब्याट्सम्यानद्वय तृतराज दास र रित गौतम तथा नयाँ खेलाडी भूपेन्द्रकुमार उप्रेतीलाई दिल्लीमा प्रशिक्षणको व्यवस्था मिलाइदिएको हो ।

तीन युवा क्रिकेटरलाई भारतमा अवसर

तीनै युवा क्रिकेटर बिहीबार एक महिनाको प्रशिक्षणका लागि दिल्ली लाग्ने छन् । तृतराज र रितले दुई महिना अघि बंगलादेशमा सम्पन्न एसीसी यू १९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।


भूपेन्द्रलाई उनको चाहाना बमोजिम खेल हेरेर प्रशिक्षणका लागि पठाउन लागिएको फाउन्डेसनले जनाएको छ ।


क्रिकेटलाई एउटा माध्यम बनाउन सकियोस भनेर यो पहल गरिएको र नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासको माध्यमबाट खेलाडी छनोट गरिएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जनाए । दुईजना यू–१९ का उपलब्ध भएका उत्कृष्ट खेलाडी प्रशिक्षणलाई पठाउन लागिएको दासले बताए ।


पहिला आफूहरुले विशाल केसी र कुशल मल्ल यो प्रशिक्षणका लागि लिएको तर उनीहरु उपलब्ध नभएकाले तृतराज र कुशललाई लिइएको दासको भनाई थियो । ‘आईसीसी यू–१९ विश्वकप छनोट पनि आउँदैछ, त्यसैलाई हेरेर हामीले दुई ब्याट्सम्यान छनोट गरेका हौं,’ दासले मंगलबार आयोजित कार्यक्रममा भने, ‘जनवरीको पहिलो साता देखि सबै खेलाडीका लागि यू–१९ विश्वकप छनोटको व्यक्तिगत तयारी सुरु गरिने छ ।’


दिल्लीमा एकेडेमीका लागि प्रशिक्षण गर्दा लाग्ने खर्च फाउन्डेसनले आधा व्यहोर्ने छ । आधा खर्च वीरेन्द्र सेवाग एकेडेमीले व्यहोर्नेछ । उनले अहिलेको स्थितिमा क्रिकेट खेल्न पाउनु ठूलो विषय भएको र नेपालका लागि ब्याटिङमा केन्द्रित हुन जरुरी रहेको जनाए ।


रितले आफूहरुका लागि यो ठूलो अवसर भएको र यसले आफ्नो खेलमा धेरै सुधार ल्याउने आशा लिएको जनाए ।

प्रकाशित : पुस ३, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?