३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

माउरिन्हो बर्खास्त

काठमाडौँ — म्यान्चेस्टर युनाइटेले जोसे माउरिन्होलाई पदबाट बर्खास्त गरेको छ । जारी प्रिमियर लिगमा क्लबले खराब प्रदर्शन गरेपछि युनाइटेडले प्रशिक्षक मोरिन्होलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ ।

माउरिन्हो बर्खास्त

गत आइतबारको खेलमा लिभरपुलसँग म्यान्चेस्टरले ३-१ गोल अन्तरले हारेपछि माउरिन्हो दबाबमा परेका थिए । युनाइडेटले एक विज्ञाप्ति जारी गर्दै माउरिन्होले क्लबबाट राजिनामा दिएको पुष्टि गरेको छ ।


जारी लिगमा युनाइटेड २६ अंकका साथ छैटौँ स्थानमा छ । माउरिन्होले साढे २ वर्ष युनाइटेड सम्हालेका थिए ।

युनाइटेडका लागि माउरिन्होले युरोपा लिग र लिग कप जिताएका थिए । माउरिन्हो युनाइटेड आउनुअघि चेल्सीको प्रशिक्षक थिए ।

प्रकाशित : पुस ३, २०७५ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?