१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाहिरिए मोउरिन्हो

म्यानचेस्टर — प्रिमियर लिगमा सबैभन्दा खराब सुरुआतको रूपमा लिभरपुलसँग आइतबार ३–१ गोलले पराजित भएको दुई दिनपछि म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्हो जिम्मेवारीबाट अलग भएका छन् । 

बाहिरिए मोउरिन्हो

क्लबले मंगलबार बिहान आफ्नो वेबपेजमार्फत वक्तव्य जारी गर्दै ओल्ड ट्राफोर्डमा साढे दुई वर्ष बिताएका मोउरिन्होको बहिर्गमन पुष्टि गरेको हो । युनाइटेडले आफ्नो जिम्मेवारीका लागि यी पोर्चुगिज म्यानेजरलाई धन्यवादसँगै भविष्यमा सफलता शुभकामनासमेत दिएको छ । मोउरिन्होलाई चेल्सीले दोस्रोपल्ट जिम्मेवारीबाट बर्खास्त गरेको यसै साता तीन वर्ष पुगेको छ ।


मोउरिन्होले विश्वकै केही शीर्ष क्लबमा काम गरेका छन् । चेल्सीका अलावा उनले रियल म्याड्रिड, इन्टर मिलान र पोर्टोको प्रशिक्षण सम्हालेका छन् । युनाइटेडका लागि लामो समयसम्म काम गर्ने अवसर पाएका थिए । सन् २०१६ को सिजन युनाइटेडको आफ्नो नियुक्तिलाई उनले ‘विशेष सम्मान’ को रूपमा व्याख्या गरेका थिए ।


सन् २०१३ मा सर एलेक्स फर्गुसनको बहिर्गमनपछि युनाइटेड उपर्युक्त प्रतिस्थापनका लागि संघर्षरत थियो । क्लबका कार्यकारी उपाध्यक्ष एड उडवार्डले त्यति बेला मोउरिन्होको नियुक्तिपछि भनेका थिए, ‘स्वाभाविक रूपमा उनी विश्वकै उत्कृष्ट प्रशिक्षक हुन् ।’


आफ्नो समयमा मोउरिन्हो त्यस प्रतिष्ठाको औचित्य पुष्टि गर्न संघर्षरत देखिए । यद्यपि पहिलो सिजनमा युनाइटेडले युरोपा लिग र लिग कपको उपाधि जितेको थियो । साथै युनाइटेडले दोस्रो स्थानमा रहेर प्रिमियर लिग टुंग्याएको थियो ।


उच्च प्रतिभा अनुबन्ध गर्न सयौं करोड डलर खर्चिनुका बाबजुद मोउरिन्होले लगातार क्लबको भर्ती नीतिको आलोचना गरिरहे । पछिल्लो १८ महिनायता खेलाडीसँग पनि उनको दूरी बढिरहेको थियो ।


इंग्लिस फुटबल इतिहासकै सबैभन्दा महँगा खेलाडी पाउल पोग्बाले एक विशेष मुद्दा साबित गरिदिएका छन् । गत समरमा फ्रान्सलाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका पोग्बालाई उत्साहित गर्नुको सट्टा मोउरिन्होले निरुत्साहित गरे ।


अर्कोतर्फ सिजन सुरुआतमा मोउरिन्होले पोग्बालाई कप्तानको रूपमा प्रस्तुत गरे । पछि विचित्र रूपमा उनलाई हटाइयो । यसबाट पनि मोउरिन्होले आमजनताको आलोचना खेपे । मोउरिन्होले यसै सिजन क्लबका कार्यकारीलाई एक इमेलमार्फत नोट गरेका थिए । उनको कुनै पनि गुनासोको सुनुवाइ भएन ।


पोग्बामात्र होइनन् । मोउरिन्होले टिमका लगभग सबै खेलाडीसँग आफ्नो विश्वास गुमाएका थिए । उनले डिफेन्डर ल्युक शदेखि स्ट्राइकर एन्थोनी मार्टियललाई खुसी बनाउन सकेनन् भने युवा खेलाडीको मन जित्न सकेनन् ।


एन्थोनीलाई क्लब छाड्ने अनुमति दिँदा मोउरिन्हो खुसी थिए । तर, क्लब र प्रशिक्षकबीचको बढ्दो तनावको संकेत दिँदै युनाइटेडले उनको अनुबन्ध एक वर्ष लम्ब्यायो । जसले मोउरिन्होसँगको दूरी थप बढाइदियो ।


जसरी परिस्थिति खराब हुँदै गयो, त्यसको असर नतिजामा पनि देखिन थाल्यो । युनाइटेड च्याम्पियन्स लिगको अन्तिम–१६ मा छ । जहाँ नेयमर र केलिन एमबाप्पेको टोली उसको प्रतीक्षामा छ । तर प्रिमियर लिगमा टोलीसँग मात्र २६ अंक छ ।


सिर्जनशीलताको अभाव र आक्रामक स्वभावको कमीका कारण अहिले युनाइटेडको व्यापक आलोचना भइरहेको छ । उसले बर्नमाउथले जत्तिकै खेल जितेको छ भने गोल अन्तर एभरटनको भन्दा पनि कम छ ।


एनफिल्डमा आइतबारको पराजयपछि युनाइटेड शीर्षस्थानको लिभरपुलभन्दा १९ अंकले पछि छ । आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुनका लागि आवश्यक शीर्ष पाँचस्थानमा पुग्न ११ अंकले पछि छ ।

- रोरी स्मिथ

प्रकाशित : पुस ४, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?