२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पुलिसविरुद्ध हेल्प नेपालको सनसनी पूर्ण प्रदर्शन

लेखनाथ — नेपाल पुलिस क्लबको अपराजित यात्रामा मंगलबार हेल्प नेपाल स्पोर्ट्स क्लबले पूर्णविराम लगाइदिएको छ । पोखरा रंगशालामा जारी राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबलमा हेल्पसँगको प्रतिस्पर्धात्मक खेलमा पुलिसले हार बेहोर्नुपरेको हो ।

पुलिसविरुद्ध हेल्प नेपालको सनसनी पूर्ण प्रदर्शन

हारका बाबजुद पुलिसले लिगमा आफ्नो अग्रता कायमै राखेको छ ।


भारतीय खेलाडीविरुद्ध नेपाली राष्ट्रिय खेलाडीजस्तै देखिएको खेलमा पुलिसलाई पाखा लगाउन हेल्पलेनिकै कठिन स्थिति सामना गर्‍यो । पहिलो दुई सेट २५–२१, २५–२० ले जितेको पुलिस तेस्रो सेटमा रोकिन पुग्यो । तेस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पार्दै हेल्प खेलमा फर्कियो । त्यसपछि लय समातेको हेल्पले २५–१९, १५–८ ले सेट जितेर खेलमा कब्जा जमायो ।


राष्ट्रिय टोलीका तीन खेलाडी लिएर कोर्ट उत्रेको पुलिसलाई रोक्न हेल्पले तीन भारतीय उतारेको थियो । अघिल्लो दुई दिन खेलाडीबीच तालमेल मिलाउन नसकेको हेल्पले मंगलबार खेललाई फर्किएको छ । अंक बाडिँदा समेत पुलिस १० अंकसहित शीर्षस्थानमा छ । हेल्पले ७ अंक जोडेको छ ।


एपीएफ र आर्मीबीचको खेलमा दर्शकले भरपूर मनोरन्जन लिए । एपीएफले आर्मीलाई ३–२ सेटले हरायो । २५–२१ ले सुरुआती अग्रता लिएको एपीएफले दोस्रो सेट १८–२५ ले गुमायो । बराबरीमा दुवै टिमले उर्जा भर्‍यो । तेस्रो सेट एपीएफले पुन: २५–२१ ले आफ्नो पक्षमा पारे पनि चौथो सेटमा २०–२५ ले रोकियो ।


पाँचौं तथा निर्णायक सेट १५–११ ले आफ्नो पक्षमा पार्दै एपीएफले जित रच्यो । राष्ट्रिय टोलीका कप्तान मानबहादुर श्रेष्ठसहित ६ राष्ट्रिय खेलाडीसहित कोर्ट उत्रेको आर्मीलाई हराएको एपीएफले तीन राष्ट्रिय खेलाडी उतारेको थियो । एपीएफ ८ अंकसहित दोस्रो स्थानमा रहँदा आर्मीले ७ अंक जोडेको छ ।


दुई हार बेहोरेको रूपन्देहीको मणिमुकुन्द क्लब मंगलबार अस्वाभाविक रूपमा उदायो । पहिलो खेलमा ढोरपाटनलाई २५–२३, २५–२०, २५–१६ को सोझो सेटमा हरायो । अर्को खेलमा नयाँबजारसँग २–३ सेटले हार्दै अंक बाँड्यो । नयाँबजारसँग उसले बलियो प्रदर्शन गर्न सकेन ।


एकै दिन दुई खेल खेल्नुपर्दाको थकान मणिमुकुन्दका खेलाडीमा स्पष्ट देखियो । नयाँबजारले सुरुका दुई सेटमै मणिमुकुन्दलाई २५–१५, २५–१७ ले रोक्यो । त्यसपछि फर्किएको मणिमुकुन्दले तेस्रो र चौथो सेट २५–१९, २५–२१ ले जित्दै खेल बराबरीमा ल्यायो ।


अन्तिम सेटमा नयाँबजारले १५–९ ले बाजी मार्‍यो । मणिमुकुन्दले ४ अंक जोडेर झिनो आस जगाएको छ । नयाँबजारले ३ अंकमात्रै जोडेको छ । जावलाखेल र ढोरपाटनले कुनै अंक जोडेका छैनन् ।


प्रकाशित : पुस ४, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?