कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एसियन कप फुटबल आजदेखि, भिड्दै एसियाका हस्ती

एएफपी

अबुधाबी — सन ह्युङ मिनको गति र बेजोडको लयले दक्षिण कोरिया एसियन कप फुटबलमा ५९ वर्षे प्रतीक्षा समाप्त गरी महादेशीय बादशाहको रूपमा ताज जित उत्सुक छ । यसपल्टदेखि विस्तार गरेर २४ टोली सहभागी हुने एसियन कप शनिबार यूएईमा सुरु हुँदै छ ।

एसियन कप फुटबल आजदेखि, भिड्दै एसियाका हस्ती

साबिक विजेता अस्ट्रेलिया, चारपल्टको विजेता जापान, कार्लोस क्विरोजको प्रशिक्षणमा रहेको इरान र आयोजक यूएई प्रतियोगिताका स्वाभाविक दाबेदार हुन् । तर सबै टोली पाउलो बेन्टोको प्रशिक्षणमा रहेको कोरियालाई छल्न चाहन्छन् ।


सन् २०१५ को उपविजेता दक्षिण कोरियाले हालैका दिनमा अन्तर्राष्ट्रियस्तरमा अलग पहिचान बनाएको छ । विश्वकपमा साबिक विजेता जर्मनीलाई समूह चरणबाटै घर पठाएको कोरियाले त्यसको दुई महिनापछि १८ औं एसियाली खेलकुदमा स्वर्ण जितेको थियो ।


२६ वर्षीय सन दक्षिण कोरियाको दुवै सफलतामा निर्णायक भूमिकामा रहे । विश्वकपमा भन्दा पनि एसियाली खेलकुदमा स्वर्ण जित्दा उनलाई व्यक्तिगत रूपमा बढी फाइदा भयो । सनले एसियाली खेलकुदमा स्वर्ण जितेपछि हरेक कोरियालीले अनिवार्य गर्नुपर्ने २१ महिने सैन्यसेवा छुट पाए ।


दुवै खुट्टा समान चलाउन सक्ने प्रिमियर लिग क्लब टोटेनहमका खतरनाक स्ट्राइकर सन उच्च लयमा छन् । प्रिमियर लिगको पछिल्लो सात खेलमा उनले सातै गोल गरेका छन् । तर टोटेनहमसँगको सम्झौताअनुसार सनले एसियन कपका सुरुआती दुई खेल खेल्न पाउने छैनन् ।


सन प्रिमियर लिग इतिहासमा अहिलेसम्मका प्रभावशाली एसियाली खेलाडी हुन् । उनी समूह ‘सी’ अन्तर्गत फिलिपिन्स र किर्गिस्तानसँगको खेलपछि जनवरी १६ मा हुने चीनविरुद्धको खेललाई टिममा उपलब्ध हुनेछन् ।


सन् २०१५ को फाइनलमा अस्ट्रेलियासँग अतिरिक्त समयमा २–१ ले पराजित भएको कोरियाली टोलीले १९६० यता एसियन कप जित्न सकेको छैन । २००२ को विश्वकपमा सेमिफाइनल पुगेको दक्षिण कोरियाले १० पटक सहभागिता जनाइसक्यो ।


यूएईमा उनीहरूका लागि मुख्य प्रतिद्वन्द्वीमा जापान हुनसक्छ । किनभने रुसमा सम्पन्न विश्वकपको नकआउट चरणमा पुग्ने जापान एक्लो टोली हो । नकआउट चरणको पहिलो खेलमा जापान बेल्जियमविरुद्ध २–० को अग्रता लिएर पनि ३–२ ले पराजित भएको थियो ।


जापान पछिल्ला सातमध्ये चार संस्करणको उपाधि विजेता हो । सन् २०१५ मा भने उसको प्रदर्शन कमजोर रह्यो । साबिक विजेता जापान क्वाटरफाइनलमा यूएईसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।


हालैका परिणाम भने जापानका लागि उत्साहजनक छ । त्यसमा उरुग्वेविरुद्धको ४–३ गोलको जित पनि सामेल छ । प्रशिक्षक हाजिम मोरियासुले विश्वकपका स्टार सिन्जी कागावा र सिन्जी ओकाजाकीलाई टिमबार बाहिर राखेर युवा खेलाडीलाई विश्वास गरेका छन् ।


यता सन् २०१५ को उपाधि विजेता हुनुका बाबजुत कमजोर देखिएको अस्ट्रेलियाका नयाँ प्रशिक्षक ग्राहम आर्नोल्ड भने उपाधि रक्षाको भावमा डुबेका छन् । जसले अस्ट्रेलियाका लागि मात्र चार खेल खेलाएका छन् । कीर्तिमानी गोलकर्ता टिम केहिलको संन्यास लिएपछिको अवस्थामा गत महिना आर्नोल्डको भविष्यवाणी पनि असफल भयो जब मिडफिल्डर लिन्चपिन आरोन मोय घुँडाको गम्भीर चोटका कारण प्रतियोगिता गुमाउन बाध्य रहे ।


कोरियाका सन ह्युन मिन ।


तीनपल्टको विजेता इरान अर्को उपाधि खोजीमा छ । स्पेनसँग १–० को साँघुरो हार र पोर्चुगलसँग १–१ गोलको बराबरीपछि कार्लोस क्विरोजको प्रशिक्षणमा रहेको इरान ६ खेलमा अपराजित छ । अग्रपंक्तिमा रुबिन काजानका सरदार अज्मोन छन्, जसले ४० अन्तर्राष्ट्रिय खेलमा २४ गोल गरेका छन् । ब्राइटनका विंगर अलिरेजाभन्दा बलियो बनेको छ । जति बेला इरानी टोली चिरपरिचित प्रतिद्वन्द्वी इराकसँग क्वाटरफाइनलमा पराजित भएको थियो ।


प्लेमेकर ओमार अब्दुल रहमान घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि घरेलु टोली यूएईलाई ठूलो झट्का लागेको छ । यद्यपि उसको अग्रपंक्ति कमजोर भइसकेको छैन र घरेलु मैदानमा खेल्न योग्य छ । किनभने आयोजकका रूपमा सन् १९९६ मा उपविजेता बनेको थियो ।


यसैबीच, कतार सन् २०२२ को विश्वकपअघि प्रतिद्वन्द्वीलाई मैदानबाट जवाफ दिन आतुर छ । आधुनिक फुटबलको युगमा कतार विश्वकपको पहिलो आयोजक हुनेछ जसले अहिलेसम्म विश्वकप खेल्न पाएको छैन । यूएईमा सफलता कतारका लागि दुई गुणा सन्तोषजनक हुनेछ ।


जो, जुन २०१७ यता खाडीको राजनीतिक विवादको केन्द्रमा छ र आफ्ना छिमेकी देशबाट नाकाबन्दीको सामना गरिरहेको छ । अबुधाबीमा शनिबार यूएई र बहराइनले १६ बाट २४ टोलीको सहभागिता गराइएको सबैभन्दा ठूलो एसियाली कपको सुरुआत गर्नेछन् । जसमा किर्गिस्तान, युद्धग्रस्त यमन र फिलिपिन्सले डेब्यू गर्दै छन् ।


एसियाली फुटबलको पावरहाउस बन्न प्रयासरत चीन एसियाको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो प्रभाव जमाउन आतुर छ । उता भारत शीर्ष स्तरीय प्रतियोगितामा सबैलाई प्रभावित पार्ने लक्ष्यमा केन्द्रित छ ।


सन् १९९६ तेस्रोपल्ट एसियन कपको उपाधि जितेयता साउदी अरबेया अहिलेसम्म त्यस्तै सफलताको पर्खाइमा छ । सिरिया, उज्वेकिस्तान र उत्तर कोरिया प्रतियोगिताको डार्क हर्स टोलीको पहिचान छ ।


गत विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को प्रयोग गरी कीर्तिमानी संख्यामा पेनाल्टी प्रदान गरिएकामा एसियन कपमा भने क्वाटरफाइनल खेलदेखि मात्र भारको प्रयोग गरिने निर्णय भएको छ ।

प्रकाशित : पुस २१, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?