१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डीपीएल अक्सन सकियो [अपडेट]

काठमाडौँ — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि अहिले अक्सन भइरहेको छ । डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडी मध्ये १ सय ९९ खेलाडी अक्सनका लागि उपलब्ध छन् ।

डीपीएल अक्सन सकियो [अपडेट]

डीपीएलको तेस्रो संस्करण माघ २६ देखि धनगढीको फाप्ला मैदानमा हुनेछ । यसअघिका दुवै संस्करण टिम चौराह धनगढीले जितेको थियो ।

आवेदन दिएका मध्ये ६ खेलाडीलाई ६ फ्रेन्चाइज टोलीले रणनितिक खेलाडीको रुपमा लिएका छन् । अक्सनलाई ‘ओपन क्याटोगरी’ बनाइएको छ । खेलाडीले आफ्नो न्यूनतम् पारिश्रमिक आफैँ तोक्नु पर्ने हुन्छ । त्यसैमा फ्रेन्चाइज टोलीले आफ्नो भाउ लगाउन सक्ने छन् ।

खेलाडीले आफ्नो भाउ न्यूनतम ३० हजार राख्न पाउने छन् । अधिकतम २ लाख ५० हजारसम्म उनीहरूलाई फ्रेन्चाइज टोलीले भाउ लगाउन पाउने छ ।

ट्यालेन्ट हन्टबाट छानिएका सुदुर पश्चिमका १२ खेलाडीमाथी भाउ लगाइने छैन् । प्रत्येक फ्रेन्चाइज टोलीले १–१ गरी ट्यालेन्ट हन्टबाट आएका ६ खेलाडीलाई जनही ३० हजारका दरले लिने छन् । एउटा खेलाडीलाई दुई वा बढी भन्दा फ्रेन्चाइज टोलीले दाबी गर्न आएमा लक्की ड्री बाट त्यो खेलाडीको छनोट टुंगो लगाइने छ ।

अक्सनमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा १० र बढीमा १२ लाख खर्च गर्नु पर्नेछ । अक्सनबाट एउटा टोलीले ११ खेलाडी लिनु पर्नेछ । १ रणनितिक, १ ट्यालेन्ट हन्ट तथा २ विदेशी खेलाडी गरी कुल १५ खेलाडी एउटा टोलीमा हुनेछन् । विदेशी खेलाडी फ्रेन्चाइज टोलीले आफैँ राख्न पाउने छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का पारिवारिक कारण, सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लिगको व्यस्तताका कारण र सागर पुन घाइते भएका कारण डीपीएलमा खेल्ने छैनन् ।

प्रकाशित : पुस २१, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?