डीपीएलका लागि कुन खेलाडी कतिमा बिक्री भए? हेर्नुस् सूचीसहित

कान्तिपुर संवाददाता

काठमाडौँ — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि भएको अक्सन शनिबार सकिएको छ । डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडी मध्ये १ सय ९९ खेलाडी अक्सनका लागि उपलब्ध थिए ।

डीपीएलको तेस्रो संस्करण माघ २६ देखि धनगढीको फाप्ला मैदानमा हुनेछ। यसअघिका दुवै संस्करण टिम चौराह धनगढीले जितेको थियो।

आवेदन दिएका मध्ये ६ खेलाडीलाई ६ फ्रेन्चाइज टोलीले रणनितिक खेलाडीको रुपमा लिएका छन्। अक्सनलाई ‘ओपन क्याटोगरी’ बनाइएको थियो। खेलाडीले आफ्नो न्यूनतम् पारिश्रमिक आफैँ तोक्नु पर्ने प्रावधान थियो। त्यसैमा फ्रेन्चाइज टोलीले आफ्नो भाउ लगागाएका थिए।

खेलाडीले आफ्नो भाउ न्यूनतम ३० हजार राख्न पाउने थिए। अधिकतम २ लाख ५० हजारसम्म उनीहरूलाई फ्रेन्चाइज टोलीले भाउ लगाउन पाउने थिए।

धनगढी स्टार्सले लिएका खेलाडीहरु

१. दीपेश श्रेष्ठ ८०,०००
२. सौरभ खनाल १६०,०००
३. विपिन खत्री ९५,०००
४. हरिबहादुर चौहान ९५,०००
५. अमित श्रेष्ठ १८०,०००
६. राजु रिजाल ७५,०००
७. रोविन श्रेत्री ३५,०००
८. सन्दीप रजाली ४०,०००
९. सुनील धमला १८०,०००
१०. पवन सर्राफ २५०,०००
११. धिरज शाही ३०,०००
१२. कृष्ण ऐर ३०,००० (स्थानीय खेलाडी)

काठमाडौं गोल्डेन्सले लिएका खेलाडीहरु

१. विक्रम भुसाल १६०,०००
२. अभिनव यादव ३०,०००
३. रशिद खान १७०,०००
४. ललित राजवंशी २५०,०००
५. नन्दन यादव ५०,०००
६. अनिल साह १७०,०००
७.सोनु तामाङ ६५,०००
८.सूर्य तामाङ ५०,०००
९.योगेन्द्र कार्की ७०,०००
१०.मेहवुव आलम ५०,०००
११.सुधीर चौधरी ३०,०००
१२.विक्रम ठगुन्ना ३०,०००

सीवाईसी अत्तरियाले लिएका खेलाडीहरु

१.जितेन्द्र ठकुरी ७५,०००
२.भूवन कार्की २१०,०००
३.दिपेन्द्र रावत ३०,०००
४.प्रेम तामाङ ५०,०००
५.आदिल अन्सारी ३०,०००
६.रामनरेश गिरी ७५,०००
७.कमल सिंह ऐरी ९०,०००
८.सन्दीप जोरा २३०,०००
९.खगेन्द्र जोशी ३०,०००
१०.सुवेन्दु पान्डे ५०,०००
११. रित गौतम ३०,०००
१२.ज्ञानेन्द्र कुँवर ३०,०००

रुपन्देही च्यालेन्जर्सका खेलाडीहरु

१.ललितसिंह भण्डारी २५०,०००
२.प्रदीप ऐरी २४०,०००
३.पुरन बिक ५०,०००
४.सन्दीप सुनार ११०,०००
५.अनिल खरेल ३०,०००
६.सुमित महर्जन ७५,०००
७.विनोद भण्डारी २५०,०००
८.कृष्ण कार्की १०,००००
९.सुरज दराई ३०,०००
१०.विक्रम सोव ६०,०००
११.भीम सार्की २५०,०००
१२.शेर मल्ल ३०,०००

विराटनगर किंग्सका खेलाडीहरु

१.कुशल भुर्तेल १६०,०००
२.अर्जुन अधिकारी ३०,०००
३.किशोर महतो १००,०००
४.संसाद शेख ७५,०००
५.राजेश पुलामी मगर ७५,०००
६.आशिफ शेख १८०,०००
७.पृथु बाँस्कोटा १२०,०००
८.हरिशंकर साह ९०,०००
९.सुशान भारी १००,०००
१०.अमृत गुरुङ ३०,०००
११.तृतराज दास ३०,०००
१२.सुवास ऐर ३०,०००

महेन्द्रनगर युनाइटेडका खेलाडीहरु

१.अविनाश बोहोरा १७०,०००
२.आरिफ शेख २५०,०००
३.अमरसिंह राउटेला १२०,०००
४.सागर ढकाल १००,०००
५.दीपेन्द्र चन्द ३०,०००
६.दिलिप नाथ ७५,०००
७.रोहितकुमार पौडेल २३०,०००
८.साहव आलम ७०,०००
९.सन्तोष भट्ट ३०,०००
१०.सिद्धान्त लोहनी ७०,०००
११.कुशल मल्ल ५०,०००
१२.सुशील खड्का ३०,०००

(सबै रकम नेपाली रुपैयाँमा)

प्रकाशित : पुस २१, २०७५ १७:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बम्जनको आश्रमबाट हराएकाको हत्या आशंका, नौ पोका नुनको खोल भेटियो 

अनिश तिवारी

सिन्धुपाल्चोक — तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो ।

सिन्धुपाल्चोकस्थित बमजनको आश्रम । तस्बिरः अनिश तिवारी

'आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा हड्डी पाएको छैन' अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले भने, 'शव अन्यत्रै लगेर जलाइएको हुनसक्छ।'

सञ्चलालका छोरा महेन्द्रले बाबु खोजीपाऊँ भनी बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएका थिए। लगत्तै प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको थियो। त्यसपछि शुक्रबार नै प्रहरी टोलीले इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको टोड्के वनस्थित बम्जनको ८० रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा छापा मारेको थियो। सञ्चलालकाछोराले आफ्नो बुवालाई कुटेर मारेको आरोप लगाएका छन्।
वाइबाको खोजीका लागि साता दिन अघिदेखि विशेष अनुसन्धान टोली खटाएको प्रहरीले जनाएको छ।

यो पनि पढौं : बम्जन आश्रममा प्रहरी टोली


प्रकाशित : पुस २१, २०७५ १७:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT