सहिद स्मारक ‘ए’ डिभिजन लिग : दाबेदार थ्रीस्टार तेस्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमालयन शेर्पालाई २–० गोल अन्तरले हराएपछि थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो भएको छ।

हिमालय शेर्पा क्लबविरुद्ध थ्रीस्टार क्लबका बुद्ध चेम्जोङ बल नियन्त्रण गर्ने प्रयास गर्दै। तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

आइतबार भएको अर्को खेलमा त्रिभुवन आर्मीसँग ३–० गोलअन्तरले पराजित भएपछि मछिन्द्र क्लब लिगको अन्तिम दुई स्थानबाटमाथि उक्लन असफल भएको छ। लिगको अर्को संस्करणमा मछिन्द्रले कम्तीमा १अंक गुमाउनेछ।

सिजनमा आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पालाई हराउनु थ्रीस्टारका लागि अत्यावश्यक थियो। किनभने चौथो स्थानको आर्मीले मछिन्द्रविरुद्ध जित हासिल गरेको अवस्थामा स्थान हेरफेर हुन सक्थ्यो। दुवै टोलीले जित हासिल गरेपछि थ्रीस्टार २६ अंकसहित तेस्रो र आर्मी २५ अंकसहित चौथो स्थानमा रहे।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा थ्रीस्टारको जितका लागि बुद्ध चेम्जोङ र रञ्जन विष्टले दुवै हाफमा एक–एक गोल गरे। हल्चोक मैदानमा पहिलो हाफमा टंक बस्नेतको हेड गोल र दोस्रो हाफमा कप्तान भरत खवासको दुई गोलमा आर्मीले सहज जित निकाल्यो।

२० अंकसहित एपीएफले लिगमा पाँचौं स्थान सुरक्षित गरेको छ भने नेपाल पुलिस १९ अंकसहित छैटौं भएको छ। आइतबार थ्रीस्टारसँग हारेपछि शेर्पाले छैटौं स्थानमा उक्लने अवसर गुमाएको छ। उसको १७ अंक छ। च्यासल युथ क्लब १६, सरस्वती युथ क्लब १४, जावलाखेल युथ क्लब १३ र ब्रिगेड क्वाइज क्लब ९ अंकसहित क्रमश: आठौंदेखि एघारौं स्थानसम्म छन्। अन्तिम तीन स्थानमा आउने टोलीको टुंगो भने बाँकी तीन खेलले लगाउनेछ।

आइतबारको खेलमा थ्रीस्टारले डिफेन्सिभ रणनीति बनाएको थियो र दुवै गोलकाउन्टर एट्याकमा भएको थियो। मात्र दुई अवसर सृजना गर्दा दुवैमा गोल गर्न सफल भएको थियोरु। ‘हामीले सुरक्षित खेलखेल्ने रणनीति बनायौं, किनभने तेस्रोस्थान गुमाउनु थिएन’, थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘अग्रता लिनुकाबावजुद हामीले पछिल्ला केही खेलगुमाउन पुग्यौं। जितका साथ हामी लिग सकाउन चाहन्थ्यौं।’

शेर्पाले भने खेलमा आक्रामक रणनीति अपनाएको थियो। गोल गर्न भने सकेन। उसका प्रहारमा गोलरक्षक एलनन्यौपाने बाधक बने। रक्षापंक्ति पनि थ्रीस्टारको अन्य खेलभन्दा सुधारिएको थियोरु। शेर्पाका प्रशिक्षक सुवास लिम्बूले अवसर पाएर पनि सदुपयोग हुन नसकेकामा खिन्नता प्रस्तुत गरे।

‘हामीले राम्रो खेल्यौंरु। तर, गोलका अवसर उपयोग गर्न असफल रह्यौं’, पहिलो पटक ‘ए’ डिभिजन क्लबको जिम्मेवारी सम्हालेका लिम्बूले भने, ‘हामीसँग शीर्ष ६ स्थानभित्र रहने अवसर थियोरु। यद्यपि सातौं स्थान पनि निराशाजनक होइन।’

हल्चोक मैदानमा २८ औं मिनेटमा टंक बस्नेतको गोलमार्फत आर्मीले अग्रता लियोरु। ६२ औं मिनेटमा राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले अग्रता दोब्बर बनाए। ७३ औं मिनेटमा पेनाल्टीमार्फत खवासले लिगमा सर्वाधिक सातौं गोल गरे। उनीसँगै थ्रीस्टारका रञ्जित धिमाल र मनाङ मस्र्याङदीका ओलावाले अफिजले पनि ७ गोल गरेका छन्।

खेल मिलेमतोबारे मेघराज
थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलमा खेल मिलेमतोबारे शंका व्यक्त गरेका छन्। खेल मिलेमतो प्रकरणबारे आँखा बन्द गरेकामा लिग आयोजक कमिटीको आलोचनासमेत गरेका छन्।

सीधै खेल मिलेमतोको दाबी गर्नुको सट्टा केसीले भने, ‘नेपाली लिगको लामो इतिहासमा अहिलेसम्म कहिल्यै खेल मिलेमतो भएकै छैन। र, यसपटक पनि भएन। किनभने कसैलाई पनि सजाय भएन। न खेलाडी वा कुनै क्लब,’ केसीले भने। खेल मिलेमतोमा कुन–कुन टिम संलग्न थिए भन्नेबारे भने केसीले केही खुलाएनन्।

‘यहाँसम्म कि इटालीमा युभेन्ट्सजस्तो क्लबलाई खेल मिलेमतो प्रकरणमा कारबाही गरिएको छ। तर, नेपाली लिग यसबारे स्पष्ट छ कि यहाँ मिलेमतो हुँदैन,’ केसीले भनेरु। थ्रीस्टार र च्याम्पियन मनाङ मिलेमतोमा संलग्न थियो तरु? भन्ने प्रश्नमा केसीले भने, ‘मनाङ एक बलियो टोली हो र यो सिजन वास्तवमै राम्रो खेल्यो। मनाङसँग सबै पोजिसनमा उत्कृष्ट खेलाडी छन्।’

यद्यपि केसीले लिग आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाको प्रशंसा गरे। ‘कुनै पनि प्रावधान नराखेरै भए पनि लिग फेरि सुरु भएको र नेपाली फुटबलले जितेको छ। लिगलाई जारी राख्नुपर्छ।’

प्रकाशित : पुस २३, २०७५ १३:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ उपभोक्ता संरक्षण ऐन : अनुगमनस्थलमै नगद जरिवाना

नयाँ संघीय संरचनाअनुसार स्थानीय निकायलाई अनुगमन गर्ने अधिकार दिइएको भए पनि प्रभावकारी रूपमा प्रयोग भएको छैन
एउटै प्रकृतिको कैफियत भेटिए पनि ८७ फर्मलाई मात्रै जरिवाना
बजार लथालिंग छ, मापदण्ड अपनाउनै पर्छ : निर्देशक महत
राजु चौधरी

काठमाडौँ — पहिलो पटक अनुगमनस्थलमै जरिवनाको अधिकार पाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८७ व्यावसायिक फर्मलाई कारबाही गरेको छ।


बजार अनुगमनका क्रममा बढी मूल्य असुल्ने, लुकाईछिपाई कारोबार, कम परिमाणमा बिक्री, दर्ता इजाजत प्रमाणपत्र नदेखाएको र मूल्यसूची नराखेको भेटेपछि विभागले अनुगमन स्थलमै जरिवानागरेको हो।

विभागका अनुगमन शाखा निर्देशक रघुनाथ महतका अनुसार साउनदेखि मंसिर मसान्तसम्म १ हजार ९२ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो। अनुगमन गरेको मध्ये ८७ (८ प्रतिशत) फर्मलाई कारबाही गरेको महतले बताए।

‘ऐन गत असोज २ गते राजपत्रमा प्रकाशित भएपछि अनुगमन र जरिवाना सुरु गरेका छौं,’ उनले भने, ‘अनुगमन भएका मध्ये ८७ फर्म कारबाहीमा परेका छन्रु।’ ती व्यवसायीलाई ५ हजारदेखि साढे २ लाख रुपैयाँसम्म जरिवाना गरिएको उनले बताए।

सबैभन्दा बढी हिमालय टेक्नो गियर्स प्रालिलाई जरिवाना गरिएको छ। हिमालयका सञ्चालकले मूल्य ढाँटी लुकाइछिपाई बिक्री गरेको पुष्टि भएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ।

मनोहरामा रहेको भद्रकाली आयल स्टोरले कम परिमाणमा पेट्रोल बिक्री गरेको फेला परेपछि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। विभागले करबी एपारेन्स, सिन्टी सेन्टरले बढी मूल्य लिएको, लुकाइछिपाईबिक्री गरेको भेटेपछि २ लाख रुपैयाँँ, व्यावसायिक दर्ता प्रमाण फेला नपरेपछि स्टार एसियन मिट प्रोडक्टलाई ५० हजार रुपैयाँँ, बढी मूल्य लिएको, लुकाइछिपाई बिक्री गरेको आरोपमा पीएस आउट फिट्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले गरेको अनुगमनमा अधिकांश व्यावसायिक फर्मको समस्या उस्तै छ। कारबाही भने ८ प्रतिशतलाई मात्रै गरिएको छरु। ‘नयाँ ऐनले सबै अधिकार विभागलाई दिएको छ।इच्छाशक्ति भए बजारमाधेरै सुधार हुन सक्थ्यो,’ उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिनालेभने, ‘अनुगमन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको इसारामा चलेको छ। जसले गर्दा सुधार देखिएन।’ अनुगमन स्थलमै जरिवाना गरेपछि व्यवसायीबाट विरोध हुँदै
आएको छ।

नयाँ संघीय संरचनाअनुसार स्थानीय निकायलाई अधिकार दिएको छ। यी निकायबाट हुने अनुगमन भने प्रभावकारी देखिएको छैन। दफा १२ अन्तर्गत समितिले खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीहरूको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने उल्लेख छ। यी निकायहरूबाट भने कुनै अनुगमन हुन सकेको छैनरु। यसले गर्दा उपभोक्ताहरू निरन्तर ठगिँदै आएको जानकारहरू बताउँछन्।

बालादेवी सप्लायर्सले दर्ता इजाजत प्रमाणपत्र नदेखाएपछि ५० हजार रुपैयाँ, ढोला मण्डली सप्लायर्स, न्यु ज्वालामुखी सप्लार्य, जे एन्ड जे कन्स्ट्रक्सन, धादिङ ट्रेड एन्ड कन्स्ट्रक्सनलाई ५० हजार रुपैयाँ रुपैयाँ जरिवाना गरिएको छ।

ऐनअनुसार आरोपीले जरिवानाको ५० प्रशितत धरौटी राखेर पुनरावलोकनका लागि निवेदन दिन सक्छन्रु। त्यसपश्चात् विभागका महानिर्देशकले निर्णय गर्न सक्ने अधिकार छ।

गलत सावित नभए धरौटी रकम फिर्ता हुन सक्ने ऐनमा उल्लेख छ। एक–दुई व्यवसायीले पुनरावलोकनका लागि निवेदन दिए पनि थप अध्ययन अनुसन्धानका क्रमम विभागकै पक्षमा फैसला भएको छ।

नयाँ ऐनअनुसार बिलबीजक नराखेमा तत्काल पाँच हजारदेखि २० हजार रुपैयाँ जरिवाना हुन सक्छ। निरीक्षक, जाँचबुझका क्रममा सहयोग नगरेमा २० हजारदेखि ३० हजार रुपैयाँ जरिवाना हुने प्रावधान छरु। गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा बनावट ढाँटी लुकाई बिक्री गरेमा २ देखि३ लाख रुपैयाँ जरिवानाहुन्छ।

कृत्रिम अभाव जम्माखोरी गर्नेलाई २ देखि ३ लाख रुपैयाँ, बिलबीजक जारी नगर्ने, इन्कार गर्नेलाई २ देखि ३ लाख रुपैयाँ, म्याद नाघेको वस्तुमा नयाँ लेबल लगाउनेलाई २ देखि ३ लाख रुपैयाँ, सञ्चित गरी अन्य तवरले कृत्रिम अभाव सिर्जना गरेमा ५० हजारदेखि १ लाख रुपैयाँ जरिवाना हुन सक्छ।

मूल्यसूची नराखेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म, व्यवसाय दर्ता इजाजत पत्र नदेखाएमा ५० हजारदेखि १ लाख, एउटै कसुर पटकपटक दोहोर्‍याएमा पटकैपिच्छेदोब्बर जरिवाना हुन सक्ने जनाएको छ।

लेबलिङ नगरेमा वा झूठा कुरा उल्लेख गरेमा ३ देखि ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना, निर्धारित मूल्य मापदण्ड विपरीत बिक्री गरेमा ३ देखि ६ महिनासम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानालगायत रहेको उल्लेख छ।

‘बजार लथालिंग छ। न्यूनबीजकीकरणको समस्या छरु। उपभोक्ता, होलसेलदेखि रिटेलरसम्म समस्या देखिएको छ,’ निर्देशक महतले भने, ‘सुधार गर्न मापदण्ड अपनाउनैपर्छ। भन्सार विन्दुको समस्या हटाउन नीतिगत तहमै छलफल हुनुपर्छ।’

प्रकाशित : पुस २३, २०७५ १२:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT