आयोजक पहिलो खेलमै पराजित

मोहन बुढाऐर

धनगढी — सर्वाधिक धनराशि पुरस्कारको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा विजयी भएको छ । मेचीले सडन डेथका आधारमा आयोजक सुदूरपश्चिम–११ लाई पराजित गरेको हो ।

निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । सुरुआती पेनाल्टी बराबरी भएपछि सडन डेथका आधारमा निर्णय भएको हो । मेचीले ७–६ को आधारमा खेल जित्यो ।

Citizen


सडन डेथमा लावल ओलाकानको प्रहार आकासिएपछि काँकडभिट्टाको जित पक्का भएको थियो । काँकडभिट्टाका भूषण लिम्बु, अजित गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निशान लिम्बु, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सन कन्दङवा र लक्ष्मण जिसीको प्रहार गोल हुन सकेन । गोलकिपर दीप कार्कीले सुदूरका माधव भण्डारी र राकेश हमालको प्रहार बचाए भने अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतनकुमार थारुले गोल गरेका थिए ।

गोलकिपर दीप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
धनगढी रंगशालामा खेलको अधिकांश समय आक्रामक रणनीतिमा उत्रेको घरेलु टोलीले दर्शकको भरपुर साथ पाए पनि निर्धारित समयमा गोल गर्न सकेन ।

बुधबार मोरङ ११ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए । यसअघि धनगढीको चौराहदेखि मुख्य बजारमार्ग हुँदै आयोजनास्थलसम्म झाँकीसहित र्‍याली गरिएको थियो । धनगढीको रंगशालामा माघ ५ सम्म चल्ने प्रतियोगिता १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।

प्रकाशित : पुस २५, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

कर्मशील वडाध्यक्ष- जनताको कामदेखि नियमित कृषि कर्म

आनन्द गौतम

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका १ का अध्यक्ष पूर्णप्रसाद सिटौलाले दैनिक ४/५ भारी घाँस काट्नैपर्छ । १० बज्दा नबज्दा घाँसको भारी गोठमा पुर्‍याएपछि मात्रै खाना खाने हो । खाना खाएलगत्तै कपडा फेरेर वडा कार्यालयतिर लाग्छन् ।

पूर्णप्रसाद सिटौला


वडा कार्यालय पुग्दा कम्तीमा ११ बजेको हुन्छ । बेलुका ३ बजेसम्म वडामै हुन्छन् या अरू काममा दौडन्छन् । यी जाँगरिला वडाध्यक्षले सात सय सुन्तलाका बोट लगाएका छन् । बगानभित्र अलैंची, कफीलगायत कृषि उपजले भरिएको छ । कागती, अम्रिसो, रुद्राक्ष दानाको बगान बेग्लाबेग्लै ठाउँमा छ । उनले करिब ७० रोपनीमा खेती गरेकाछन् । सुन्तलाको आम्दानी अर्कोसालबाट आउँछ । यो वर्ष करिब ३ लाखको बिक्री गर्ने तयारीमा छन् ।

एक लाखको बिक्री भइसकेको छ भने बाँकी झापाको बिर्तामोड पुर्‍याएर बेच्ने योजनामा छन् । सबै बिरुवामा फल लाग्न थालेपछि वार्षिक २०/२५ लाखको सुन्तला बिक्री हुने सिटौलाले बताए । बिरुवा हुर्काउन यही सिजनमा प्रत्येक वर्ष एउटा बिरुवामा कम्तीमा दुई डोका गाईभैंसीको र जैविक मल मिलाएर हाल्छन् । उनले बगान सिँचाइ गर्न प्लास्टिक पोखरी ठाउँ/ठाउँमा बनाएका छन् । सिटौलाको यस्तो जाँगर सानैदेखिको हो । ‘म गरिबको छोरा हुँ, सानामा पनि गाउँको धान किन्थें र ढिकीमा कुटेर चामल सदरमुकाम फुङलिङ पुर्‍याउँथेँ,’सिटौलाले सुनाए, ‘त्यसरी नै श्रम गरेर अलिअलि भात खाने भएको हुँ ।’

सिटौलाले अलैंची खेती र धानको व्यापारबाट राम्रो आम्दानी गरेकाथिए । झापा बिर्तामोडमा चारतले घर छ । घडेरी पनि किने । तर उनलाई अलैंचीको व्यापारले राम्रो भएन । ‘६ करोड रुपैयाँ त अलैंचीमै डुब्यो,’ उनी भन्छन्, ‘त्यसपछि बिर्तामोडको घर र जग्गा सबै बिक्री गरेर ऋण तिरेँ ।’ उनी आफ्नै गाउँ र छिमेकी जिल्ला तेह्रथुम हवाकुको अलैंची किन्थे र बिर्तामोड पुर्‍याएर बिक्री गर्थे । अलैंचीमा घाटा खाएपछि सबै खेतबारीमा सुन्तला लगाएको उनले सुनाए ।

‘धान, मकै फलाएर मात्रै हुँदैनभन्ने सोचले यता लागेँ,’ सिटौला भन्छन्, ‘मौसम परिवर्तन भइरहेकालेयसले पनि बिगार्ला कि भनेर बगानभित्र कफीलगायत बाली लगाएको हुँ ।’ एउटाले नभएअर्कोबाट आउँछ । सिटौलाकोपरिवारमा ८४ वर्षीया आमा, श्रीमती र एक छोरा छन् ।

श्रीमतीले घरको हेरचाह रछोराले आफूलाई सहयोग गर्ने उनले बताए । घरबाहिर जानुपर्दा वा धेरै दिन बाहिर बस्नुपर्दा ज्याला दिएर घाँस काट्न लगाउने गरेका छन् । हिउँदको डालेघाँस भने चार/पाँच दिनसम्मका लागि पनि जोहो गरिदिने गरेका छन् ।

गाविस हुँदै वडा
पूर्णप्रसादले पहिलोपटक निर्वाचन जितेका होइनन् । यसअघि ०५४ सालमा गाविस अध्यक्ष भएका थिए । ‘मलाई जुन क्षेत्रबाट कम भोट आउँछ योजना त्यतातिर बढी लगाउँछु,’ उनले भने । उनी कांग्रेसबाट टिकट पाएर निर्वाचित भएका हुन् । घरको कामले जनताको काममा भने कुनै बाधा नपुगेको उनको दाबी छ ।

‘कुनै काममा कसैले बोलाए अनिवार्य पुग्छु, उनले थपे, ‘दिनभरि काम गर्दा धेरै हुन्छ र भएको पनि
छ ।’ सिटौलाले नेतृत्व गरेको वडातेह्रथुमको आठराई र पाँचथरकोयाङवरक गाउँपालिकासँगजोडिएको छ । गत कात्तिकदेखि भने यहाँ सदरमुकाम फुङलिङ, पाँचथरकोफिदिम र तेह्रथुमको म्याङलुङबाट सडकले जोडिएको छ ।

प्रकाशित : पुस २५, २०७५ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्