प्रिन्सलाई दोहोरो सफलता

विनोद भण्डारी

विराटनगर — दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनसिपका विजेता प्रिन्स दाहाल प्रथम राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा बुधबार दोहोरो जित निकाल्दै सेमिफाइनल पुगेका छन् ।

प्रिन्सलाई दोहोरो सफलता

प्रिन्सले यू–१९ विधातर्फ म्यानमारका थू रिनलाई २१–११, २१–१५ को सोझो सेटमा हराए । यू–१५ मा नेपालका नम्बर एक वरीयताका प्रिन्सले आफ्नै देशका रोहित बराललाई २१–६, २१–११ ले हराएर अन्तिम चार सुरक्षित गरेका छन् ।


मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रंगशालास्थित कभर्डहलमा यू–१९ तर्फ नेपालका शीर्ष वरीयताका प्रफुल महर्जनले आफ्नै देशका सत्यम् सुब्बालाई २१–४, २१– १० ले हराए । उनले नेपालकै पविन लिन्थेपसँग सेमिफाइनल भिडन्त पक्का गरे । पविनले प्रनिशसिंह ठकुरीलाई निर्णायक खेलमा २१–१२, १६–२१, २१–१६ ले हराए । रुकेश महर्जनले सरोज अन्सारीलाई २१–१४, १५–२१, २१–१७ ले पराजित गरे । रुकेशले अब सेमिफाइनलमा प्रिन्ससँग प्रतिस्पर्धा गर्ने छन् ।


यू–१५ ब्वाइजतर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे । हिमालले विवेक चौधरीलाई २१–१६, २१–१९ ले, रोशन साउदले उज्जल श्रेष्ठलाई १३–२१, २१–१२, २१–१३ ले तथा ज लिनले नेपालका अनीष खतिवडालाई २१–१६, २१–११ ले पराजित गर्दै सेमिफाइनल तय गरेका हुन् ।


यू–१९ गल्र्सतर्फ जेशिका गुरुङ, सीमा राजवंशी, रन्जना भट्ट र रशिला महर्जन सेमिफाइनल पुगेका छन् । जेशिकाले नीता लम्साललाई २१–१०, २१–६ ले, सीमाले विष्णा विष्टलाई रिटायर्ड हर्टका आधारमा, रन्जनाले रोज पाण्डेलाई २१–१२, २१–१२ ले र रशिलाले अन्जना राईलाई २१–२, २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । विष्णाले घुँडामा चोट लागेपछि खेल त्यागेकी थिइन् ।


ब्वाइज यू–१९ डबल्सतर्फ प्रफुल र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१–१०,२१–१० ले पराजित गर्दै अन्तिम चारको यात्रा गर्‍यो । उनीहरूको जोडीले पेम्बा शेर्पा र प्रियांशु क्षेत्रीको जोडीसँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ । पेम्बाको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१–११, २१–१२ ले हराए ।


पविन लिनथेप र दिवस विश्वकर्माको जोडीले म्यानमारका ज लिन थू र थू रिनको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । पविनको जोडीले शिव थापा र सरोज अन्सारीलाई २१–१२, २१–१७ तथा म्यानमारको जोडीले रोहित बराल र उज्जल श्रेष्ठलाई २१–५, २१–१५ ले हराए ।

प्रकाशित : पुस २६, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?