कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

आर्मी सेमिफाइनलमा

सुनसरी — त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति वान–डे राष्ट्रिय क्रिकेटको समूह ‘बी’ बाट सेमिफाइनल पुगेको छ । बुधबार आर्मीले प्रदेश ६ लाई २ सय ४९ रनले पराजित गर्‍यो ।

आर्मी सेमिफाइनलमा

३ सय १५ रनको लक्ष्य पछयाएको प्रदेश ६ ले मात्र २५.५ ओभर खेल्दै ६५ रनमात्र बनाउन सक्यो । आर्मीका कुशल मल्लले ४ र शाहब आलमले ३ विकेट लिए । प्रदेश ६ बाट निश्चल महतले २७ र टेक सलामीले १६ रन जोडे भने ६ जना ब्याट्सम्यान शून्यमा आउट हुन पुगे ।


टस जितेर ब्याटिङ गरेको आर्मी ४७.२ ओभरमा अलआउट हुँदा ३ सय १४ रन जोडेको थियो । विष्फोटक ब्याटिङ गरेका कप्तान विनोद भण्डारीको शतक प्रहार गरे । उनले ६५ बल खेल्दै १३ चौका र ३ छक्का मदतमा १ सय ३ रन जोडे । ३ सय रनको आँकडा पार गराउने क्रममा भीम सार्कीले ९६ रनको इनिङ्स खेले । म्यान अफ द म्याच विनोद भण्डारी घोषित भए । बिहीबार प्रदेश ३ र प्रदेश ६ बीच प्रतिस्पर्धा हुनेछ ।


कप्तान विनोदले टिमको रणनीतिअनुसार खेलेकाले राम्रो नतिजा निकाल्न सकेको बताए । आर्मीले प्रदेश ३ सँग भन्दा प्रदेश ६ सँगको खेल तुलनात्मक रूपमा सुधारेको थियो । प्रदेश ६ का कप्तान रवीन्द्रजंग शाहीले टिमले सुरुमै सन्तुलित भएर खेल्न नसक्दा फराकिलो हार बहोर्नुपरेको बताए ।

प्रकाशित : पुस २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?