१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कर्णको निर्णायक गोल

पाँचथर — झापा ११ फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको फाइनल पुगेको छ । शुक्रबार पहिलो सेमिफाइनलमा सरस्वती क्लब काठमाडौंलाई १–० ले हराउँदै झापा उपाधि नजिक पुगेको हो ।

झापाका कप्तान कर्ण लिम्बुले ५३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सरस्वतीको तर्फबाट मैदानमा उत्रेका विदेशी खेलाडीले पटक–पटक विवाद गर्दा खेल निर्धारित समयभन्दा केही लम्बिएको थियो ।


खेलमा झापाका दिलेन लोक्तामलाई म्यान अफ द म्याच घोषित भए । उनले १० हजारसहित पुरस्कृत गरियो । शनिबार रोयल फुटबल क्लब दार्जिलिङ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।

राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिता विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।


प्रकाशित : पुस २७, २०७५ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?