कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

खप्तड गोल्डकप : संकटा क्वाटरफाइनलमा

धनगढी — सीएमजी क्लब संकटा तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ । शुक्रबार संकटाले गोर्खा ब्वाइज रूपन्देहीलाई २–० ले पराजित गरेको थियो ।

खप्तड गोल्डकप : संकटा क्वाटरफाइनलमा

धनगढी रंगशालामा पहिलो हाफको इन्ज्युरी समयमा संकटाले अग्रता लिएको थियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रणमा लिँदै प्रहार गरेको बललाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् । त्यसअघि ३८ औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तिशाली प्रहारलाई राजाबाबुले उत्कृष्ट डाइभ दिँदै बचाएका थिए । संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालले फ्लिक गरेको बल पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । १८ औं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरेर बचाए ।


दोस्रो हाफको ६६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि एलोन म्याक्सवेलले गरेको प्रहार कुलदीप कार्कीले गोललाइनबाट बचाए । ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरेका हुन् । इन्ज्युरी समयको दोस्रो मिनेटमा कुलदीपको पासमा मसुदले वान भर्सेस वानको स्थितिमा प्रहार गरेको बल पोस्टमाथि बाहिरिएपछि गोर्खा ब्वाइजको गोल फर्काउने सम्भावना सकिएको थियो ।


संकटाका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरे पनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको प्रतिक्रिया दिए । संकटाको भेट माघ १ मा क्यामरुनको धाउफिन्स एफसीसँग हुनेछ ।

शनिबार पहिलो क्वाटरफाइनलमा एपीएफले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरसँग खेल्नेछ ।


प्रकाशित : पुस २७, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?