कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यज्ञमानको ७ विकेट

इनरुवा — यज्ञमान कुमालको धारिलो बलिङमा नेपाल एपीएफ क्लबले मनमोहन स्मृति वान–डे क्रिकेटमा विजयी सुरुआत गरेको छ । एपीएफले शुक्रबार प्रदेश १ लाई ९२ रनले पराजित गर्‍यो ।

यज्ञमानको ७ विकेट

टस जितेर ब्याटिङ गरेको एपीएफका ब्याट्सम्यानलाई निकै दबाबमा राखेको प्रदेश १ ले क्रिजमा कुशलता देखाउन नसक्दा लज्जास्पद हार बेहोर्‍यो । ५० ओभरको खेलमा एपीएफ ३६ ओभरमा १ सय ५४ रनमात्र जोड्न सकेको थियो ।

प्रदेश १ का ब्याट्सम्यान एकाएक आउट हुन थालेपछि दर्शकको अपेक्षाविपरीत नतिजा निस्कियो । एपीएफका बलरसामु ब्याट्सम्यान निरीह देखिए । प्रदेश टोली १७.५ ओभरमा ६२ रनमै अलआउट भयो । यज्ञमानले ७ विकेट लिए । कसिलो बलिङ गरेका म्यान अफ द म्याच घोषित यज्ञमानले ५.५ ओभरमा एक मेडन राख्दै १६ रनमात्र खर्चिए । कमलसिंह ऐरीले ५ ओभरमा ३ रन दिएर १ विकेट लिए । कप्तान भुवन कार्कीले २ विकेट हात पारे ।


प्रदेश १ का फिर्दाेस अन्सारीले ११ र दीपेश कँडेलले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । टोलीले १६ रन अतिरिक्तबाट पायो । प्रदेश १ का सिद्धान्त लोहनी, मिनस थापा, पुष्प थापा र मनोज मण्डल शून्यमा आउट भए ।


पहिलो ब्याटिङ गरेको एपीएफले दरिलो सुरुआत गरे पनि चौथो ओभरमा प्रज्वल शाहीलाई १४ रनमा गुमाएसँगै धर्मराएको थियो । प्रदेश १ का बलर र फिल्डरको चुस्त प्रर्दशनपछि दबाबमा रहेका एपीएफका ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन् । टोली पूरा ओभर खेल्नुअगाडि नै अलआउट भएको हो । ओपनर अनिल शाह १२ रनमा आउट भए ।


आसिफ शेख र कमलसिंह ऐरीले समान ३३ रन जोडे । ३६ बल खेलेका यू–१९ टोलीका कप्तान आसिफले ३ चौका र १ छक्का प्रहार गरे । तल्लोक्रममा ब्याटिङ गरेका कमलले ४१ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । पूरन बिकले २८ रन बनाए । शंकर राना १, सुमित महर्जन शून्य, भुवन २ र अमरसिंह राउटेला १ रनमा आउट भए । प्रदेश १ का दीपेश कँडेलले ४ र सिद्धान्तले ३ विकेट लिए । दीपेशले १० ओभरमा ३५ र सिद्धान्तले ९ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेका थिए । शनिबार प्रदेश ४ र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २८, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?