पिंकाथन फागुन ११ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — पिंकाथन काठमाडौंको तेस्रो संस्करण फागुन ११ मा हुने भएको छ । भारतको विभिन्न सहरमा महिलाका लागि आयोजना हुँदै आएको पिंकाथनलाई लिजर पोर्ट नेपाल प्रालिले पछिल्लो तीन वर्षदेखि काठमाडौंमा पनि गर्दै आएको छ । 

पिंकाथनबारे जानकारी गराउँदै आयोजक लिजर पोर्टका पदाधिकारी र भारतीय सुपर मोडल मिलिन्द सोमन (बीच) । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

विभिन्न ४ विधामा हुने पिंकाथन रोड रेसमा ५ हजार महिला सहभागी हुने विश्वास लिजर पोर्टका प्रबन्ध निर्देशक नमराज जोशीको छ । दुई वर्षअघि पहिलो संस्करण दशरथ रंगशालामा भएको थियो । रंगशाला पुनर्निमाणमा रहेकाले गत वर्ष प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजना गरिएको थियो । यस वर्ष पनि अन्य विकल्प हेरिरहेको अन्यथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमै गरिने निश्चित रहेको जोशीले जनाए ।

Citizen

हाफ म्याराथन (२१ किमि दौड) को पहिलो दुवै संस्करण एपीएफकी कान्छीमाया कोजुले जितेकी थिइन् । उनले यसपल्ट पनि सहभागिता जनाउने निश्चित रहेको बताइएको छ । हाफ म्याराथन विजेताले ५१ हजार, दोस्रोले ३१ हजार र तेस्रो हुनेले २१ हजार रुपैयाँ जित्ने छन् । १० किमि दौडतर्फ विजेताले ३१ हजार, उपविजेताले २१ हजार र तेस्रो हुनेले ११ हजार पाउने छन् ।

५ किमिमा पहिलोपल्ट नगद पुरस्कार राखिएको छ । विजेताले ५ हजार जित्ने छन् । त्यस्तै खुलातर्फ ३ किलोमिटर दूरी राखिएको छ । सहभागी हुन चाहने खेलाडीले ई–सेवाबाट नाम दर्ता गर्न सक्ने छन् । एथलेटिक्सका अभियन्ता एवं प्रशिक्षक रघुराज वन्तले कुनै पनि विधामा राष्ट्रिय कीर्तिमान बनाउनेलाई हरेक सेकेन्डको १० हजार दिने घोषणा गरे ।

दौडभन्दा माथि
पिंकाथन भारतीय सुपर मोडल एवं अभिनेता मिलिन्द सोमनको अवधारणा हो । उनकै अगुवाईमा ७ वर्षदेखि भारतका ८ सहरमा आयोजना भइरहेको छ । उनले यो इभेन्ट आयोजना गर्नु चुनौतीपूर्ण भएको स्विकार्दर्ै भने, ‘भारतमा पनि सुरुआती चरण महिलाहरू कहाँबाट दौडिन् आउँछन् भन्ने थियो । नेपालमा पनि खेल आयोजना स्थल, खेलाडी, प्रायोजक ल्याउन त्यति नै दु:ख छ,’ सोमनले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘समाजलाई हेर्ने नजर विश्वव्यापी रूपमा परिवर्तन भइरहेको छ । पिंकाथन एउटा म्याराथनमात्र नभएर महिला सशक्तीकरणको रूपमा पनि अगाडि आइरहेको छ ।’

चुलोचौकोबाट बाहिर निस्कँदै महिला आफैंले आफ्नो ज्यान स्वस्थ बनाउनुपर्ने पिंकाथनको नारा छ । नेपाली गायिका तारा थापा चार वर्षदेखि स्तन क्यान्सरबाट पीडित छन् । ४७ वर्ष गायन क्षेत्रमा बिताएकी उनले भनिन्, ‘सहर बजारमा बसेर त मलगायत धेरै यसबारे सचेत छैनौं भने गाउँ, तराई, पहाडमा बस्नेको हालत के होला ? त्यसैले यस्तो इभेन्टमा सहभागी भएर महिलाहरू स्वस्थ रहन जरुरी छ ।’ उनले अब आफू क्यान्सरविरुद्ध जनचेतना फैलाउन जिल्ला भ्रमणमा निस्किन लागेको जनाइन् ।

प्रकाशित : पुस २८, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वलडाकुको मदिरा पसल

कविता
रोशन शेरचन

काठमाडौँ — रातभर निद्रा पर्दैनतन्द्रामा उही दृश्यहरु नाचिरहन्छन्रिस उठ्छ, हुन्डरी चल्छ, ऐंठन हुन्छ आफैंसँग हार्छु गिलासमा खन्याएर पिउँछुर चैनले सुत्छु

रातभर निद्रा पर्दैन
तन्द्रामा उही दृश्यहरु नाचिरहन्छन्
रिस उठ्छ, हुन्डरी चल्छ, ऐंठन हुन्छ
आफैंसँग हार्छु
गिलासमा खन्याएर पिउँछु
र चैनले सुत्छु

अचम्भ लाग्छ
कसरी फेरियो समय ?
न्याय र समानताको निम्ति
गोलाबारूद बोकेर डााडाकााडा कुदेको हिजैजस्तो लाग्छ
आाखामा सपनाका चल्लाहरु कोरलेर
रातो घाममुनि
रातो मार्च गरेको हिजैजस्तो लाग्छ
विचित्र लाग्छ
कसरी पछारियो आकाश र
रोकियो नदीको प्रवाह ?

अयोग्य भई फर्केको सााझ
चराहरु तर्सिएर मलिन आकाशतिर उडेका थिए
आलै छ सम्झना
थकथकीले रातभर गााजिरह्यो
मानौं द्वारपाल हो त्यो चार प्रहरको
बुझ्नै सकिना
योद्वा उही हो
कसरी भयो ?
कोही योग्य
कोही अयोग्य ?

हिजोका हाम्रा नायकहरु चिल्लो वाहनमा गुड्न थाले
भाषा फेरियो
उठबस फेरियो
वर्गशत्रुलाई गोलीले उडाउन प्रशिक्षण दिनेहरु
मञ्च, मन्त्रालय, संसद्, निवासमा,
कमिसनखोर, मदिरा व्यापारी र करछलीसाग देखिन थाले

कसरी बिर्सूं ?
मदिरा बेचेकोमा
कृष्ण गुरूङको भाटा कारबाही
पिंडुलाको सुम्ला समाउादै कस्तरी थुचुक्कै बसेथ्यो ऊ
कस्तरी थर्थराउादै आसु चुहाएथ्यो ?
र हात जोड्दै माफी मागेथ्यो ?
आखिर ऊ बा थियो
सन्तानको भविष्यले सायद उनलाई गलाएथ्यो
छोरीेहरुका अगाडि कस्तरी
लाज र भयले कालोनीलो भाथ्यो ?
कमरेड सम्झनाले कृष्णको स्वास्नीको टाउकोमै
मदिरा खन्याइदिइन्
अचम्म, उनी डराइनन् बरू
अवाक् देखिइन्
मानौं प्रश्न गर्दै छिन्
मैले के ठूलो त्यस्तो अपराध गरें ?

एक दिन
मेरो अगिल्तिर पनि उभियो
जीवनका क्रूर पृष्ठहरु
मानौं मैले परीक्षा दिनैपर्छ
जहान पाल्नैपर्‍यो
मन निचोरेर टिनको बाकसबाट
निखिा्रदै गएको अयोग्य लडाकु भत्ता निकाले
सााझ सहरको साागुरो गल्लीमा बोर्ड झुन्डियो
सर्वहाराको मुक्तियात्रामा निस्केको म...
आफ्नो शिर त्यति नुहेको कहिल्यै देखिना
त्यो रात बेस्सरी रोएा

हप्ता, महिना, वर्ष बिते
पसल चलेकै छ
कमिसनखोर, भ्रष्ट कर्मचारी, राजनीतिकर्मी
पत्रकार, वकिल, विद्यार्थी,
खाडी उड्ने युवा
असफल प्रेमी
र क्रान्तिकारी कवि
सबै खाले ग्राहकहरु आउाछन्
जहान पालेकै छु
तर निद्रा फर्काउन सकिना
ग्लानिले थिच्छ
पश्चात्तापले पोल्छ
कृष्णको निन्याउरो अनुहार सम्झनाको पर्दामा घुमिरहन्छ
उसका छोरीहरुका चारजोर भयग्रस्त आाखाले लखेटिरहन्छ
फेरि आफैंसाग हार्छु र
ओछ्यानबाट उठ्छु ।

प्रकाशित : पुस २८, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्