वुमन्स टी–२० स्म्यास क्रिकेटः नेपालद्वारा चीन १० विकेटले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — थाइल्याण्डमा भइरहेको वुमन्स टी–२० स्म्यास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ ।  थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेकक्नोलोजी मैदानमा शनिबार भएको खेलमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो ।

तस्बिरः क्रिकेट एसोसिएसन अफ थाइल्याण्ड

थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनायो ।

Citizen


नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि चीन ४८ रनमै सीमित हुन पुग्यो । नेपालका लागि करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरी थापाले ४ ओभरमा १ ओभर मेडन राख्दै ६ रन मात्र दिइन् । उनले २ विकेट लिइन्।

चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा अविजित रहेका सीता राना मगर र काजल श्रेष्ठले क्रमशः २४ र १४ रन बनाए । सीताले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् यस्तै काजल श्रेष्ठले २९ बल खेलेकी काजलले १ चौका प्रहार गरिन्।

चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। चीनले आफ्नो इनिङ्सभरी जम्मा ३ वटा मात्र चौका प्रहार गर्‍यो ।

नेपालले प्रतियोगिताको दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ । खेल नेपाली समय बिहान ८:१५ बजे सुरु हुनेछ।

हेर्नुहोस् स्कोरकार्डः




प्रकाशित : पुस २८, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

वनमा पेस्तोल फेला 

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङको तोक्मे सामुदायिक वनबाट एकथान रिभल्भर पेस्तोल र तीनथान गोली फेला पारेको छ । 

प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाका अनुसार गस्तीमा निस्किएको प्रहरीले आशंकामा हेर्दा ढुङ्गाको च्यापभित्रलुकाएकाे अवस्थामा पेस्तोल फेला पारेको हाे।

कालो प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारेको थापालेबताए ।

प्रकाशित : पुस २८, २०७५ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्