२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अन्तिम बलमा प्रदेश ४ को जित

वेदराज पौडेल

इनरुवा — अन्तिम बलमा प्रदेश ४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै मनमोहन स्मृति वान–डे राष्ट्रिय क्रिकेटमा प्रदेश ४ टोलीलाई १ विकेटको जित दिलाएका छन् । 

अन्तिम बलमा प्रदेश ४ को जित

सुनसरीको इनरुवामा जारी प्रतियोगितामा एपीएफविरुद्ध प्रदेश ४ लाई जित पाउन अन्तिम ओभरमा ४ रनको खा“चो थियो । अन्तिम ओभर बलिङ गरेका एपीएफका कमलसिंह ऐरीले ५ डट बल फाले । अन्तिम बलमा आवश्यक ४ रनका लागि मेखबहादुरले चौका प्रहार गरेर जित दिलाए ।


पुछारका ब्याट्सम्यान मेखबहादुर र राजु गुरुङले नटआउट ११ रन जोडेपछि प्रदेश ४ ले विभागीय टोली एपीएफविरुद्ध रोचक जित पाएको हो ।


प्रदेश १ लाई हराएको एपीएफको हारस“गै सेमिफाइनल समीकरण बन्न सकेन । दुई खेलमा जित निकाल्न सक्ने टिमले मात्र सेमिफाइनल यात्रा तय गर्ने भएकाले आइतबार प्रदेश १ र प्रदेश ४ बीचको खेलपछि अघि बढ्ने टोलीको टुंगो लाग्नेछ । प्रदेश ४ ले जितेमा सोझै सेमिफाइनमा पुग्नेछ तर प्रदेश १ ले जित निकालेमा रनरेटका आधारमा टिम छनो हुनेछ ।


जवाफमा २ सय १६ रनको लक्ष्य पछ्याएको प्रदेश ४ बाट अनिल गुरुङ र विधान श्रेष्ठले अर्धशतक पूरा गरे । अनिलले ६४ रन र विधानले ६१ रनको इनिङ्स खेले । मन्जिल न्यौपानेले ३१ रन जोडे । एपीएफका अनिल साहले ४ विकेट लिएका थिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । इसाद अहमदले नटआउट ३०, भुवन कार्कीले ३६ रन र अनिल शाहले २६ रन जोडे । म्यान अफ द म्याच विधान श्रेष्ठ घोषित भए । आइतबार प्रदेश १ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २९, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?