२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एण्डी मर्रे अस्ट्रेलियन ओपनको पहिलो चरणमै पराजित

एएफपी

मेलवर्न — वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको पहिलो चरणमै पराजित भएपछि बेलायती स्टार एण्डी मर्रेले चोटका बाबजुद खेलजीवनलाई निरन्तरता दिने कि शल्यक्रिया गर्ने भन्नेबारे अर्को साता निर्णय गर्ने बताएका छन् ।

एण्डी मर्रे अस्ट्रेलियन ओपनको पहिलो चरणमै पराजित

रोबर्टो बाउस्टिटा विरुद्ध सोमबारको खेलमा अन्तिमसम्म प्रयास गरेका मर्रे पाँच सेटमा हार्न पुगे । सुरुआती दुई सेट ६–४ र ६–४ ले पछि परेका मर्रेले तेस्रो र चौथो सेट टाइब्रेकरमा ६–७ र ६–७ ले आफ्नो पक्षमा पारेका थिए । तर, नितम्बको चोट ब्यहोरिरहेका मर्रे अन्तिम तथा निर्णायक सेटमा कमजोर बने । उनले ६–२ ले सेट गुमाए ।


चोटका कारण मर्रेले यसै सिजनमा सन्यास लिने बताएका थिए । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन मर्रेले भने, ‘यो आश्चर्यजनक थियो । अविश्वसनीय थियो । मलाई समर्थन गर्न यहाँ आउनुभएका सबैलाई धेरै–धेरै धन्यबाद ।’


शुक्रबार एक भावनात्मक पत्रकार सम्मेलनमार्फत मर्रेले यस वर्षको विम्बलडनदेखि सन्यास लिने घोषणा गरेका थिए । तर, सोमबारको खेलमा देखिएको उनको संघर्षपछि यो उनको करिअरको अन्तिम खेल हुनसक्ने आँकलन गरिएको छ । किनभने उनले छिट्टै आफ्नो चोटग्रस्त दाहिने नितम्बको गम्भीर शल्यक्रियाको जरुरी पर्नेछ ।

प्रकाशित : पुस ३०, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?