कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रिन्सलाई सातामा तेस्रो उपाधि

विनोद भण्डारी

विराटनगर — प्रिन्स दाहालले मोरङको विराटचोकमा जारी अन्तराष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि मंगलबार जितेका छन् । दुबई अन्तर्राष्ट्रिय जुनियर र प्रथम राष्ट्रपति कप अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन यु–१५ र यु–१९ को ताजमा प्रिन्सले मंगलबार अर्को उपाधि थपेका हुन् । 

प्रिन्सलाई सातामा तेस्रो उपाधि

फाइनलमा उच्च वरीयताका आर्मीका प्रफुल्ल महर्जनलाई २१–१३ र २१–१३ को समान र सोझो सेटले पराजित गर्दै उपाधि हात पारेका हुन । प्रिन्सले साता भित्र यो दोस्रो अन्तराष्ट्रिय उपाधि जितेका हुन । उनले पाँच दिन पहिला विराटनगरमा सम्पन्न राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको यु–१९ र यु–१५ दुवै विधा जितेका थिए । पुरुष एकलतर्फको सेमिफाइनलमा प्रिन्सले रुकेश महर्जनलाई र प्रफुलले नेपाल एपीएफ क्लबका सुनील जोशीलाई पराजित गर्दै उपाधि होडमा पुगेका थिए ।


दुर्गादेवी दुलाल सुन्दर हरैंचा स्पोर्टस ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगलतर्फ सेनाका रत्नजित तामाङ र अनुमाया राईको जोडी विजयी भए । रत्न र अनुको जोडीले फाइनलमा एपीएफका दीपेश धामी र पूजा श्रेष्ठको जोडीलाई निर्णायक खेलमा २१–१९, २०–२२ र २१–१६ ले स्तब्ध पार्दै उपाधि हात पारे । दीपेश र पूजाको जोडीले एपीएफकै गौतम कठायत र सुनैना मुखियालाई पराजित गरेका थिए ।


भेट्रान्स युगलतर्फ पुष्पलाल स्मृति ब्याडमिन्टनका विजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र केबी गुरुङको जोडीलाई २१–१८ र २१–१७ ले पराजित गर्दै उपाधि हात पारे ।


पुरुष युगलतर्फ एपीएपका दीपेश धामी र विजित थापा मगरको जोडी र सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी मंगलबार फाइनल प्रवेश गरे । धामी र मगरको जोडीले सेनाका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१७ र २५–२१ ले र तामाङ र श्रेष्ठले गौतम कठायत र सुनील जोशीको जोडीलाई २१–९ र २१–१२ को सोझो सेटले पन्छाउँदै उपाधि होडमा पुगेका हुन् । यो उपाधिको छिनोफानो बुधबार हुनेछ ।


त्यसैगरी स्थानीय स्तरका खेलाडीहरूबीच भएको खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामका अध्यक्ष भालेश्वर दुलाल र प्रकाश राईको जोडीले जित हात पारे । मंगलबार भएको फाइनल खेलमा दुलाल र राईको जोडीले रविचन्द्र राई र सुभाष श्रेष्ठको जोडीलाई १२–२१, २१–११ र २१–१८ ले पराजित गरे ।

प्रकाशित : माघ २, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?