कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मणिमुकुन्द च्याम्पियन

रूपन्देही — मिर्मिरे युवा क्लबको आयोजनामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लबले हात पारेको छ । मंगलबार बुटवल उपमहानगरपालिका–१३ बेलबासको बँदेल पोखरीमा भएको प्रतिस्पर्धात्मक फाइनलमा जितेश्वर आमा समूहलाई ३–१ को सेटले पराजित गर्दै मणिमुकुन्दले उपाधि हात पारेको हो । 

मणिमुकुन्द च्याम्पियन

जितेश्वरी आमा समूहले पहिलो सेट २५–१६ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटबाट भने मणिमुकुन्द भलिबल क्लब लयमा फर्कियो । दोस्रो, तेस्रो र चौथो सेट क्रमश: २५–२२, २५–१८ र २५–१८ सेटले जित्दै मणिमुकुन्दले उपाधि जित्न सफल भई नगद १ लाख १ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेतामा चित्त बुझाएको जितेश्वरीले नगद ६० हजार १ सय, कप, मेडल, प्रमाणपत्र पाएको छ ।


प्रतियोगितामा कालिगण्डकी गाउँपालिका गुल्मी तेस्रो भएको छ । ब्रेभ गोर्खा क्लब बुटवललाई ३–० सेटमा पराजित गर्दै कालिगण्डकी तेस्रो भएको हो ।


कालिगण्डकीले नगद ३० हजार १ सय, कप, मेडलसहित प्रमाणपत्रबाट पुस्कृत भएको छ । सान्त्वना स्थान हासिल गरेको ब्रेभ गोर्खा नगद १५ हजार १ सय, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो ।


विजेता, उपविजेतासहित अन्य उत्कृष्ट खेलाडीलाई बुटवल उपमहानगरपालिका–१३ का वडाध्यक्ष नारायण पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, न्यू लुम्बिनी ब्याडमिन्टन क्लबका अध्यक्ष बोनिन पिया, मजदुर तथा यातायात भलाई कोषका अध्यक्ष दिनेश फुलेल, क्लबका अध्यक्ष ईश्वर गुरुङ, खेल संयोजक नवल गुरुङले उपाधि, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित : माघ २, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?