३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संकटा सेमिफाइनलमा

मोहन बुढाऐर

धनगढी — सीएमजी क्लब संकटा बुधबार दाउफिन्स फेमली टिम क्यामरुन फुटबल क्लबलाई १–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

संकटा सेमिफाइनलमा

दोस्रो मिनटमै संकटाका लक्षमण रुचालको पासमा एलोन म्याक्सवेलले गरेको पहिलो गोल नै निर्याण सावित भयो । निकै रोमाञ्चकारी प्रतिस्पर्धामा विदेशी टिम क्यामरुनले गोल फर्काउन गरेका अनेकौं प्रयास संकटाका खेलाडीले विफल पार्दै आए ।


खेलको अन्तिम समयसम्म पनि विदेशी टिमले गोल फर्काउने अवसर जुटाइराख्दासमेत सफल हुन सकेन । क्यामरुनका स्ट्राइकरका कैयौं गोलपोस्ट प्रहारलाई गोलकिपरले रक्षा गर्न सफल भए । संकटा क्लवले सुरुमै अग्रता हासिल गरेपछि रक्षापंक्तिलाई मजबुद बनाउने रणनीतिमा खेलेको थियो । क्यामरुन भने जसरी पनि खेललाई बराबरीमा ल्याउन गरेको कसरत विफल भएको थियो ।


रंगशालाले भरिभराउ दर्शक भने दुई टिमको प्रतिस्पर्धामा निकै रोचक लागेर हेरेका देखिन्थे । स्वदेशी टिमको नाताले संकटा क्लबलाई नै दर्शकले हौस्याएका थिए ।


१२ औं मिनेटमा लक्ष्मण रुचालले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले बचाए । पहिलो हाफको इन्जुरी समयमा दाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।


दोस्रो हाफको पाँचौं मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो । गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन । ५३ औं मिनेटमा टिनाको क्रसमा नियाले ६ यार्ड बक्सभित्रबाट गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन ।


खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । संकटाले बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।


पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नुपरेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीति अनुसार खेलेको कारण नै जित हासिल गरको बताए ।


मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाा प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाा पाउनेछन् । बुधबार हुने पहिलो सेमीफाइनलमा रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।

प्रकाशित : माघ २, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?