२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

ठगुन्नाको ह्याट्रिकले प्रदेश ५ स्तब्ध

वेदराज पौडेल

इनरुवा — प्रदेश नम्बर ७ का बलर विक्रम ठगुन्नाले तीन बलमा तीनै विकेट लिएपछि टिमका लागि उनको ह्याट्रिक स्मरणीय बन्यो । उनले प्रदेश ५ विरुद्धको मंगलबारको खेलमा थप एक गरी चार विकेट लिए । म्यान अफ द म्याच घोषित विक्रमले ८ दशमलव ३ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३८ रन खर्चेर चार विकेट लिन सफल भए । 

ठगुन्नाको ह्याट्रिकले प्रदेश ५ स्तब्ध

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको समूह ‘सी’ को दोस्रो खेलमा प्रदेश नम्वर ७ विजयी भयो । विक्रमको सानदार बलिङपछि इनरुवा खेल मैदानमा प्रदेश नम्वर ७ ले ५ नम्बर प्रदेशलाई १ सय १८ रनले पराजित गर्‍यो ।


अघिल्लो खेल जितेको प्रदेश नम्बर ५ आजको खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा प्रवेश गर्ने थियो । समूहमा प्रदेश ७ ले समेत पहिलो खेल जितेकाले भोलि हुने भारत सुपौल र प्रदेश ७ बिचको खेलले अघिल्लो चरण प्रवेश गर्ने समूह विजेता तय गर्नेछ ।

प्रदेश नम्बर ७ ले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ केवल २८.३ ओभरमा १ सय २६ रनमा समेटियो । प्रदेश ५ का कृष्ण कार्कीले ३६ रन जोड्नुबाहेक अन्य खासै जम्न सकेनन् ।


सन्दिप रजालीले १४, सुबेन्दु पाण्डे र विक्रम भुसालले समान ११ रन बनाए । विक्रमबाहेक नारायण जोशी र शेर मल्लले समान २–२ तथा खडक बोहरा र नरेन्द्र साउदले १–१ विकेट हात पारे ।


यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर ७ बाट लोकेश बमको ६८ र रोशन अधिकारीको ५९ रन बनाए । त्यस्तै विपिन रावलले २४, नारायणले २२, केदार बोहरा र दीपेन्द्र थापाले २१–२१ रन बनाए । प्रदेश नम्बर ५ का मानबहादुर थापाले ३ तथा रूपेश कुर्मी र विक्रमले २–२ विकेट लिए ।


प्रकाशित : माघ २, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?