१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रथम महिला राष्ट्रिय हक्की : प्रदेश–३ विजयी

हेटौंडा — साहना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता सोमबारबाट हेटौंडामा सुरु भएको छ । नेपाल हक्की संघको आयोजनामा हेटौंडा–११ स्थित दंगा प्रहरी नियन्त्रण गणको मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल आर्मी क्लब र प्रदेश नम्बर–३ विजयी भए ।

प्रथम महिला राष्ट्रिय हक्की : प्रदेश–३ विजयी

आर्मीले प्रदेश नम्बर १ लाई ६–० गोलअन्तरले र ३ नम्बर प्रदेशले २ नम्बर प्रदेशलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

आर्मीले प्रदेश नम्बर १ को चुनौती फराकिलो अन्तरमा पन्छाउने क्रममा सरिता मेचेले २९ र ३५ औं मिनेटमा गोल गरे । पिंकी सिञ्जालीले ४२ औं, सीता चौधरीले ४६ औं, अञ्जना चन्दले ४७ औं, सीतामाया बलले ५४ औं मिनेटमा गोल थपे ।

आर्मी महिला हक्कीको सबैभन्दा बलियो टोलीसमेत हो । ३ नम्बर प्रदेशले २ नम्बर प्रदेशलाई पराजित गर्ने क्रममा नीलिमा पाण्डेले १२ र २३ औं मिनेट गोल गरेकी थिइन् ।


प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशसभा सदस्य मुनु सिग्देलले गरिन् । सिग्देलले साहना प्रधानले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेकी थिइन् । साहना प्रधानले महिला अधिकार र सबै क्षेत्रमा महिला सहभागिताका लागि जीवनभर संघर्ष गरेका कारण नै महिलाहरू राजनीतिदेखि खेलकुदका क्षेत्रमा समेत सहभागी हुन सकेको

उनले बताइन् ।


नेपाल हक्की संघ मकवानपुर जिल्लाका अध्यक्ष प्रतापसिं क्षत्रीको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, दंगा नियन्त्रण प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, नेपाली सेनाका मेजर दुर्गा सिंह, नेपाल हक्की संघका केन्द्रीय सचिव रञ्जन थापा लगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित : माघ ८, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?