कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुनियर टेनिस सुरु

काठमाडौँ — जेड आलेमगर र बेदाङ गौतम १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१२ ब्वाइज सिंगल्समा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जुनियर टेनिस सुरु

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा जेडले अबिर श्रीवास्तवलाई ६–० र ६–१ तथा बेदाङले भरुण सर्वागीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।


यसै स्पर्धामा बोरिस अधिकारीले देवाशिष रेउलेलाई ६–० र ६–० तथा शाश्वत वज्राचार्यले आर्यम्यमान जोशीलाई ६–४ र ६–० को सहज सेटमा हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनाए ।


मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यू–१२ गल्र्स सिंगल्समा उत्सा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउँदै क्वाटरफाइनल तय गरिन् ।


यू–९ ब्वाइज सिंगल्समा स्पर्श तिमिल्सिनाले अशभ हाडालाई १–४, ५–४(३) र ४–२, सम्खाहाङ राईले अमत्र्या शर्मालाई ५–४(३) र ४–२ तथा अद्रित नेपालले साङगे रोकायालाई ४–१ र ४–१ ले पन्छाउँदै सेमिफाइनलमा पुगे ।


हिमेश गिरीले याजुर ओझाबाट वाकओभर पाएर सेमिफाइनलमा स्थान बनाए । यू–९ गल्र्स सिंगल्समा साम्राज्ञी लामाले शिभाली गुरुङलाई ५–३ र ५–४(४), युरन जियाङले अञ्जुश्री शाहलाई ५–३ र ४–२ तथा प्राज्णा मानन्धरले कर्मिस्था श्रेष्ठलाई ४–२, १–४ र ४–२ ले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरे ।


यू–१० ब्वाइज सिंगल्समा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ६–२ र ६–२, बोरिस अधिकारीले नीरज मगरलाई ६–० र ६–०, अबिर श्रीवास्तवले सिर्जन भट्टराईलाई ६–० र ७–५ तथा सम्मान बस्नेतले माइकल अदियाजोहीलाई ६–० र ६–२ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे ।


यू–१४ गल्र्स सिंगल्समा ईशाश्री शाहले समृद्धि सेढाईंलाई ६–० र ६–०, रायना शाहले आइशा डोल्कर गुरुङलाई ६–३, ३–६ र ६–३, निमिशा ढकालले सराह तिमिल्सनालाई ६–२ र ६–० तथा सुभाङगीलक्ष्मी शाहले अजा रेग्मीलाई ६–१ र ६–४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । प्रतियोगितामा १२ स्पर्धामा ७७ खेलाडी सहभागी छन् । शनिबारसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित : माघ ८, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?