कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीसँग ग्लोबल कलेज

काठमाडौँ — रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको फ्रेन्चाइज टोली धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले साथ दिएको छ । ग्लोबल कलेज माघ २६ गतेदेखि धनगढीमा हुने डीपीएलमा धनगढी स्टार्सको प्रमुख प्रायोजकको रूपमा रहनेछ । 

धनगढीसँग ग्लोबल कलेज

यसअघि टिम चौराह धनगढीले डीपीएलमा प्रतिस्पर्धा गर्दै आएको थियो । कृष्ण बोहराको समूहले यसको स्वामित्व लिएपछि टोलीको नाम पनि परिवर्तन गर्दै धनगढी स्टार्स राखिएको छ । धनगढी स्टार्सका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र ओझाले सोमबार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे ।


एक वर्षे सम्झौताअनुसार ग्लोबल कलेजले प्रमुख प्रायोजक भएबापत धनगढी स्टार्सले २० लाख उपलब्ध गराउनेछ । त्यसबाहेक ग्लोबलले अन्य प्रबन्धनको पाटो पनि हेर्नेछ । धनगढी स्टार्सका मालिक बोहराले डीपीएल खेल्दा लाग्ने ४० प्रतिशत खर्च ग्लोबल बेहोर्न लागेको जनाए । उनले धनगढीसँग भावनात्मकता जोडियोस् भनेर टोलीका अन्य साझेदारहरू पनि धनगढीकै राखिएको जनाए ।


ग्लोबलका ओझाले क्रिकेटले देशमा आशाको किरण दिएको भएर आफूहरू यता आएको जनाए । ‘क्रिकेटले धेरै सम्भावना देखाएका छन्, धनगढीमै त्यो सम्भावना देखिएको हुँदा हामी यसमा आबद्ध भएका हौं,’ ओझाले डीपीएलका प्रमुख सुवास शाहीलाई भेटेर आफूहरू यसमा आबद्ध हुन चाहेको जनाएपछि धनगढी स्टारमा जोडिएको बताए ।


सोमपाल कामी कप्तान रहेको धनगढी स्टार्समा युवा स्टार पवन सर्राफसँगै अमित श्रेष्ठ, सुनील धमला, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, राजु रिजाललगायत खेलाडी छन् ।


सोमपालले ग्लोबलले जुन विश्वास देखाएको छ त्यो विश्वास मैदानमा प्रदर्शन गरेर देखाउने जनाए । उनले हाल खेलाडीहरूले विभिन्न प्रतियोगिताहरू खेलिरहेको र प्रतियोगिता सुरु हुनुभन्दा १० दिन अगाडि तयारी थालिने जनाए ।

प्रकाशित : माघ ८, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?