कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

पवन यादव

सिमरा — सिमरा रंगशालामा भइरहेको दसौं सिमरा गोल्डकप फुटबलमा मंगलबार अन्तिम क्वाटरफाइनलमा रुस्लान थ्रीस्टार क्लब विजयी भएको छ । उसले सीएमजी संकटा क्लबलाई २–० स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरेको छ । 

सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

थ्रीस्टारको जितमा विदेशी खेलाडी फोफाना फोडे र सुसन श्रेष्ठले गोल गरेका थिए । खेलको १३ औं मिनेटमा फोडेले गोल गर्दै थ्रीस्टारलाई १–० को अग्रता दिलाए । सुरुमै गोल खाएपछि संकटा दबाबमा परेको थियो । त्यसपछि संकटा आक्रामक ढंगमा उत्रिए पनि गोल गर्न सकेन ।


संकटाको आक्रामक प्रस्तुतिमा दर्शकदीर्घाले पनि भरपुर मज्जा लिए । थ्रीस्टारको मजबुत फिल्डिङलाई संकटाले जति प्रयास गरे पनि चिर्न सकेन । गोललाई संकटाको तालमेल बनेन । त्यसपछि संकटाले ८५ अाैं मिनेटमा अर्को गोल सामना गर्‍यो । थ्रीस्टारबाट सुसनले गोल गरेर टोलीलाई २–० को अगािड बढाए । फोफनालाई स्थानान्तरण गरेका सुसनले रुपेश केसीले मिलाइदिएको पासमा गोल गरेका हुन् । संकटाको भने अन्तिमसम्मको प्रयास सफल हुन सकेन ।


संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुआतमै गोल खाएपछि खेलमा फर्कन नसक्दा पराजय बेहोर्नुपरेको बताए । ‘आफ्ना खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन,’ उनले भने, ‘थ्रीस्टारका खेलाडीले राम्रो खेले ।’ प्रशिक्षक खड्गीले ए डिभिजन लिगपछि थ्रीस्टारबाट बाहिरिएका नीराजन खड्कालाई समेत उतारेका थिए । उनले नीराजन संकटासँग अनुबन्धन प्रक्रियामा रहेको बताए ।


थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लगातारको प्रतियोगिताका कारण खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न नसकेको बताए । ‘जितले खुसी बनाए पनि खेलाडीले स्तरअनुसार प्रदर्शन भने गर्न सकेनन्,’ उनले भने, ‘लिगपछि टिममा केही नयाँ खेलाडी आएका छन् । उनीहरू टिममा घुलमिल हुन बाँकी छ ।’


उनले खप्तड गोल्डकपले सिमरा गोल्डकपमा खेल्ने अन्य टिमलाई प्रभावित बनाएजस्तै आफ्नो टिम पनि प्रभावित बनेको बताए । सेमिफाइनलमा थ्रीस्टारले सुधारिएको खेल प्रदर्शन गर्ने उनको जिकिर थियो । थ्रीस्टारका अडामा डाम्बिया म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे । बुधबारको पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृति युवा र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ९, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?