कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सिमरा गोल्डकप : थ्रीस्टार फाइनलमा

पवन यादव

सिमरा — साबिक विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब दसौं सिमरा गोल्डकप फुटबलको उपाधिलाई भिड्ने भएका छन् । 

सिमरा गोल्डकप : थ्रीस्टार फाइनलमा

बाराको सिमरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा थ्रीस्टारले हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै उपाधिमा दाबेदारी प्रस्तुत गरेको छ । अघिल्लो दिन आर्मीले आयोजक नव जनजागृति युवा क्लबलाई पनि १–० ले हराएर फाइनल सुरक्षित गरिसकेको छ ।


थ्रीस्टारलाई फाइनलमा पुर्‍याउन विदेशी खेलाडी फोफना फोडेले गरेको गोल निर्णायक गोल भयो । उनले ७१ औं मिनेटमा गोल गरे । रन्जन विष्टले मैदानको मध्यभागबाट मिलाउँदै लगेको बल फोडेको खुट्टामा पर्‍यो । उनले विपक्षी गोलरक्षक अघि बढेको मौकामा गोल गरे ।


संघर्षपूर्ण खेलमा दुवै टोलीका खेलाडीले गोल गर्ने धेरै अवसर गुमाएका थिए । थ्रीस्टारविरुद्ध पाएका केही अवसर सदुपयोग गर्न नसक्दा दोस्रो संस्करण विजेता हिमालयन शेर्पा प्रतियोगिताबाट सेमिफाइनलबाट बाहिरिएको छ ।


हिमालयन शेर्पाका टिम म्यानेजर दीपेन्द्र पुडासैनीले सुरुमै टिमका खेलाडी विवेक पौडेल घाइते भएपछि तालमेल बिग्रिएको बताए । ‘तालमेल बिग्रिएकै कारण हार बेहोर्नुपर्‍यो,’ उनले भने, ‘स्कोरका लागि खेलाडीले संघर्ष गरेकै हुन् ।’ टिमले पाएको धेरै अवसर सदुपयोग गर्न नसक्दा फाइनल पुग्ने मौका गुमेको उनले सुनाए ।


उपाधी हात पार्ने दाउमा अघि बढेको थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफ्ना खेलाडीले अझै पनि सोचेअनुसार प्रदर्शन गर्न नसकेको बताए ।


‘खेलाडी थकित भएका कारण सोचेअनुरुप खेल्न सकेनन्,’ उनले भने, ‘फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छौं ।’ म्यान अफ द म्याच थ्रीस्टारका कप्तान विक्रम लामा घोषित भए । उनले १० हजारसहित ट्रफी हात पारे । फाइनल माघ १२ मा त्रिभुवन आर्मी र थ्रीस्टारबीच हुनेछ ।

प्रकाशित : माघ ११, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?