कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मेची नेत्रालय सेमिफाइनलमाः इटहरी गोल्डकप फुटबल

वेदराज पौडेल

इटहरी — सुनसरीको इटहरी रंगशालामा शनिबार सुरु मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा मेची नेत्रालय झापाले पाहुना टोली दाउफेन्स क्यामरुनलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको छ । मेची नेत्रालय सेमिफाइनलमा पुग्यो ।

मेची नेत्रालय सेमिफाइनलमाः इटहरी गोल्डकप फुटबल

निर्धारित ८० मिनेटको खेलभर दुवैले गोलरहित बराबरी खेले । झापाका गोलरक्षक दीप कार्कीको कुशलताले झापाले जित प्राप्त गर्‍यो । उनले एक गोल गर्नुका साथै विपक्षी टोलीका जो एन्गोला र अरमेल आहान्डाको पेनाल्टी रोकेका थिए । उनी म्यान अफ द म्याच घोषित भए । क्यामरुनका गोलरक्षक मौहा माडउले झापाका भूषण लिम्बुको पेनाल्टीमात्र रोक्न सके ।


अग्ला क्यामरुनी खेलाडीका कारण सुरुबाटै निकै दबाबमा परेको झापाले आफ्नो रक्षापंक्तिलाई निकै बलियो पार्दा अपेक्षाकृत नतिजा निकाल्न सकेन । दुवै टोलीले पोस्टमा राम्रा अवसर बनाए पनि फिनिसिङ नहुँदा निर्धारित समयमा गोल निस्केन ।


क्यामरुनका अरमेलले पेनाल्टी बक्सअगाडि पाएको बल प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरियो । त्यस्तै ३० यार्ड टाढाबाट निआले गरेको प्रहार पनि सदुपयोग भएन । उनको फितलो प्रहार झापाका गोलरक्षक दीपले बचाए । दीपले आफ्ना खेलाडीतिर फालेको बल क्यामरुनका नजमाले भेटाए । वान भर्सेज वानको स्थितिमा उनले गोल गर्न सक्थे तर उनी आत्तिए । उनको प्रहार पोस्टको बायाँतिरबाट बाहिरियो । झापाले पाएका सुन्दर अवसर पनि सदुयोग गर्न सकेन ।


खेलकुदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गरेको गोल्डकपमा आइतबार आयोजक राष्ट्रिय जागृति क्लब र लिग विजेता मनाङ मस्र्याङदीबीच प्रतिस्पर्धा हुनेछ । दुई विदेशीसहित प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

यसपालि पुरस्कार राशिमा वृद्धि गरेर विजेतालाई १६ लाख र अढाई तोला सुनको मदन भण्डारीको प्रतिमा र ६८ तोला चाँदीको ट्रफी प्रदान गरिने छ । उपविजेताले ८ लाख रुपैयाँ पाउने छ ।


हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार तथा विधागत उत्कृष्टलाई जनही २० हजार प्रदान गरिने छ । सर्वाेत्कृष्ट खेलाडीले ३० हजार र ४२ इन्चको एलईडी टिभी तथा सर्वाधिक गोलकर्ताले ३० रुपैयाँ पाउने छन् ।

प्रकाशित : माघ १३, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?