कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरभ र शुभाङ्गीलाई उपाधि

काठमाडौँ — आरभसम्राट हाडा र शुभाङ्गीलक्ष्मी शाह १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१४ सिंगल्समा च्याम्पियन बनेका छन् । आरभ ब्वाइज तथा शुभाङ्गी गल्र्समा पहिलो भए ।

आरभ र शुभाङ्गीलाई उपाधि

मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा आरभले आइतबार आर्यन गिरीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । गल्र्स फाइनलमा शुभाङ्गीले इशाश्री शाहलाई ६–३ र ७–६(४) को सीधा सेटमा हराइन् । दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कोर्टमा भएको प्रतियोगिताअन्तर्गत यू–१२ सिंगल्सको ब्वाइजमा प्रणव मानन्धर तथा गल्र्समा इभा अधिकारीले स्वर्ण जिते । ब्वाइज फाइनलमा प्रणवले सरोज तामाङलाई ६–३ र ६–२ ले र गल्र्सको निर्णायक प्रतिस्पर्धामा इभाले प्रशंसा मोक्तानलाई ६–२ र ७–५ को सेटमा हराए । ब्वाइज/गल्र्स दुवैको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुररस्कार पाए ।


यू–१० सिंगल्सको ब्वाइजमा निशाद जोशी तथा गल्र्समा प्रतिष्ठा लामा च्याम्पियन बने । ब्वाइज फाइनलमा निशादले सम्मान बस्नेतलाई ६–१ र ६–० ले किनारा लगाए । गल्र्स फाइनलमा प्रतिष्ठाले समृद्धि महर्जनमाथि ६–४ र ६–४ को जित निकालिन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार थापे ।


प्रतियोगितामा १२ स्पर्धामा ४६ ब्वाइज र ३१ गल्र्स गरी ७७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि यू–८ सिंगल्सको ब्वाइजमा अशभ हाडा र गल्र्समा शिभाली गुरुङ तथा यू–९ सिंगल्सको ब्वाइजमा अद्रित नेपाल र गल्र्समा प्राज्णा मानन्धर पहिलो भएका थिए । डबल्सको ब्वाइजमा चिराग तिमिल्सना र राजवीर प्रधान तथा गल्र्समा इशाश्री शाह र रायना शाहको जोडी च्याम्पियन बनेका थिए । कुल पुरस्कार राशि २ लाख ८५ हजार रुपैयाँ थियो ।


विजेतालाई जीएए अल्मुनाई एसोसिएसनका अध्यक्ष भूअरुण मल्ल, नेपाल टेनिस संघ र आयोजक एकेडेमीकी अध्यक्ष ज्योति राणा, आयोजक एकेडेमीका संरक्षक मनोज राणाले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

प्रकाशित : माघ १४, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?